Connect with us
Kapilvast Forest

तिहारमा करिब १४ करोडको माला बिक्री

२०७७, ४ मंसिर बिहीबारमा प्रकाशित

काठमाडौं – तिहारमा १३ करोड ९५ लाख रुपैयाँ बराबरको फूलको माला खरिद बिक्री भएको छ । अघिल्लो वर्षको तुलनामा मालाको कारोबारमा ३६ प्रतिशतले घटेपनि कोभिड महामारीकै बीचमा पनि व्यवसायीले अपेक्षा गरेभन्दा निकै राम्रो कारोबार भएको नेपाल फ्लोरी कल्चर एशोसिएसन नेपालले जनाएको छ ।

यो तिहारमा ४५ लाख रुपैयाँ बराबरको मखमलीको माला निर्यात समेत भएको एशोसिएसनका अध्यक्ष कुमार कसजुले बताउनु भयो । तिहारमा ११ करोड ७० लाख रुपैयाँ बराबरको १३ लाख थान सयपत्रीको माला बिक्री भएको एशोसिएसनको दाबी छ । सयपत्रीको माला औषत ९० रुपैयाँ प्रतिगोटामा बिक्री भएको थियो ।

यस्तै नेपाल भित्रै एक करोड ८० लाख रुपैयाँ बराबरको तीन लाख गोटा मखमलीको माला यस अवधिमा बिक्रि भएको अध्यक्ष कसजुले बताउनु भयो । मखमलीको मालाको प्रतिगोटा औषत मूल्य ६० रुपैयाँमा रहेको थियो ।

तिहारमा नेपालबाट ४५ लाख रुपैयाँ बराबरको एक लाख ५० हजार थाना मखमलीको माला निर्यात भएको पनि एशोसिएसनले जनाएको छ । यो तिहारमा सबैभन्दा धेरै मालाको कारोबार बागमति प्रदेशमा भएको थियो भने सबै भन्दा कम कारोबार कर्णाली प्रदेशमा भएको पनि अध्यक्ष कसजुले बताउनु भयो ।

बागमति प्रदेशमा ८ करोड १० लाख रुपैयाँ बराबरकोका फूलको मालाको कारकोबार हुँदा कर्णालीमा भने ४० लाख ५० हजार रुपैयाँ बराबरको माला खरिद बिक्री भएको एशोसिएसनले जानाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,