Connect with us
Kapilvast Forest

तुलसीपुरका दुई जनाको एकैदिन कोरोनाले मृत्यु

२०७७, ४ मंसिर बिहीबारमा प्रकाशित

corona death

दाङ-दाङ तुलसीपुर उपमाहानगरपालिका विडा नं. ६ का दुई जना व्यक्तिको एकैदिन कोरोना भाइरसका कारण मृत्यु भएको छ।एक जना ५६ वर्षीय र अर्का ८१ वर्षीय पुरूषको कोरोना भाइरसका कारण बाँकेमा उपचारका क्रममा बिहीबार मृत्यु भएको हो।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का ५६ वर्षीय पुरूषको बिहीबार बिहान साढे दुई बजे मृत्यु भएको हो।त्यस्तै तुलसीपुर ६ कै ८१ वर्षीय पुरूषको बिहीबार बिहान साढे ३ बजे भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो।

बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत् ५६ वर्षीय पुरूषलाई कात्तिक २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो।राप्ती विज्ञान प्रतिष्ठान, घोराहीमा गरिएको पिसिआर परीक्षणको रिपोर्ट २५ गते आएपछि उनी होम आइसोलेसनमा बसेका थिए।

स्वास्थ्यमा समस्या उत्पन्न भएपछि उहाँलाई २७ गते बिहान कोहलपुर मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो।
उनी मधुमेह र मिर्गौला रोगबाट ग्रसित हुनुहुन्थ्यो ।

त्यस्तै, ८१ वर्षीय पुरूषलाई कात्तिक २९ गते संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएकै दिन उहाँलाई उपचारका लागि भेरी अस्पतला लगिएको थियो।

स्वास्थ्यमा सुधार नआएपछि उपचारका क्रममा उनको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनु भयो ।

योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि पुगेका ४१ को मृत्यु भएको छ। त्यस्तै, बाँकेका थप ३६ जनाको मृत्यु भएको छ।

हालसम्म बाँकेमा ७७ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,