Connect with us
Kapilvast Forest

युवतीलाई सामुहिक बलत्कार पछि पासो लगाई हत्या गरेको आरोप

२०७७, ४ मंसिर बिहीबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको मायादेबी गाउपालिका– २ अभिरावको मनखोरिया गाउमा एक युवतीको सामुहिक बलत्कार पछि हत्या गरिएको आरोप लगाइएको छ । गत कार्तिक २९ गते राति १७ बर्षिया सबनाम खातुनको सामुहिक बलत्कार पछि पासो लगाई हत्या गरिएको मृतकको परिवारको आरोप छ ।

स्थानीय पिन्टु भन्ने सर्वजित धोबी, २५ बर्षिय रामकुमार धोबी, राजमति पासी, शिवलाल धोबीले आफनो छोरीको बलत्कार पछि हत्या गरेको मृतकका बुवा अब्दुल गफ्फारले आरोप लगाउनु भएको हो । गत २९ गते राति घरबाट एकाएक गायब भए पछि बिहान ४ बजे तिर आफनो छोरीको शव रुखमा पासो लगाएर झन्डीएको अवस्थामा भेटिएको उहाँले बताउनु भयो ।

स्थानीय राजमित पासिले आफनो छोरीलाई रातिको सयममा बोलाएको र त्यही छोरीको बलत्कार गरी हत्या गरिएको गफ्फारले बताउनु भयो । ‘ कार्तिक २९ गते राति छोरी गायब भएको थाहा पायौ, रातभरी खोजतलास गर्दा गाउ कै आपको रुखमा छोरीलाईृ झन्डीएको अवस्थामा भेटायौ ’ उहाँले भन्नु भयो ।

पिन्टु र छोरीको प्रेम सम्बन्ध रहेको र ४ महिना अघि दुबैलाईसंगै आफुले समेत भेटेको उहाँले बताउनु भयो । त्यति बेला आफुले पिन्टु र छोरी दुबैलाई हप्काएको र पिन्टुलाई एक दुई झापड समेत हानेको उहाँले बताउनु भयो ।

आफुले पिन्ट्लाई छोरीसंग आईन्दा नभेटन र हानेको झापडले गर्दा त्यही कुराको बदला लिन पिन्ट् सहीत ४ जनाले छोरीको हत्या गरेको गफ्फारको दाबी छ । गफ्फार अनुसार छोरीको शव रुखमा झुन्डीको अवस्थामा भेटिएको र रुखको हांगा माथी हात थियो । चप्पल समेत लगाएको अवस्थामा, खुट्टामा हिलो लागेको र पासो समेत पुरा नबाधिएको अवस्थामा शव रहेको थियो ।

‘ हातको ठीक माथी रुखको हांगा हुुनु र चप्पल समेत खुट्टा मै हुनुले पनि छोरीको हत्या गरिएको हो ’ उहाँले भन्नु भयो । गफ्फारले चार जना माथि प्रहरीमा किटानी जाहेरी दिएको बताउनु भयो।

यधपी पिन्टुलको परिवारले भने युवतीले आफैले आत्महत्या गरेको दाबी छ ।प्रेम सम्बन्धलाई परिवारले अस्विकार गरे पछि आबेगमा आएर सबनमले आत्महत्या गरेको र आफुहरुलाई त्यसै फसाउन खोजिएको उहाँहरुको भनाई छ । प्रहरी उपरिक्षक नवराज अधिकारीले घटनको अनुसंधान भईरहेकोले हत्या वा आत्महत्या अहिले नै भन्न नसकिने बताउनु भयो । उहाँले मृतकको कपिलवस्तु अस्पतालबाट पोस्टमर्टको रिपार्ट आए पछि धेरै कुरा खुल्ने उहाँले बताउनु भयो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,