Connect with us
Kapilvast Forest

कोभिड १९ संक्रमितको उपचारगर्न नमान्ने अस्पताललाई कारबाही गरिने

२०७७, ४ मंसिर बिहीबारमा प्रकाशित

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने भएको छ ।मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड १९ का संक्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारबाही गरिनेबताउनु भयो ।

उनले सबै अस्पताललाई सङ्क्रमितको उपचार निःशुल्क गर्ने भनी परिपत्र र निर्देशन दिइसकेको जानकारी दिँदै केही अस्पतालले अझै निःशुल्क उपचार नगरेको जनगुनासो आएकाले त्यस्ता अस्पताललाई नियमानुसार शोधभर्ना रकम उपलब्ध गराइने जानकारी दिनु भयो।

कोभिड-१९ को उपचारबापत अस्पताललाई अनुदान उपलब्ध गराउनेसम्बन्धी आदेश – २०७७ परिमार्जन गरी मन्त्रालयले कोभिड-१९ उपचारका लागि सूचीकृत अस्पताललाई कोभिड-१९ को लक्षण भएका वा चिह्न देखिएका व्यक्तिको पीसीआर परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो । उपचार गरेबापत अस्पताललाई शोधभर्ना रकम मन्त्रालयले उपलब्ध गराउनेछ ।

सरकारले कोरोना बीमा गरेको हकमा भने बीमा रकमबाट तथा सक्षम, इच्छुक र योगदान गर्न चाहनेले उपचारमा योगदान गर्न सक्ने भनेको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,