Connect with us
Kapilvast Forest

आँगनमा लडेकी गर्भवतीको अपरेशनपछि मृत्यु

२०७७, ४ मंसिर बिहीबारमा प्रकाशित

death

सुर्खेत-कर्णाली प्रदेश अस्पताल सुर्खेतमा शल्यक्रिया गरी बच्चा जन्माएकी दैलेखको नारायण नगरपालिका–११ विन्ध्यावासिनीकी दीपा बिक र उहाँको नवजात शिशुको मृत्यु भएको हो।

मंगलबार दैलेखको भगवतीमाई गाउँपालिका-२ स्थित माइतीको घरमा आँगनबाट लडेपछि उहाँलाई उपचारका लागि दैलेख अस्पताल लगिएको दीपाका श्रीमान खड्क बिकले बताउनु भयो।

उहाँलाई दैलेख अस्पतालबाट सुर्खेत रिफर गरिएको हो।बुधबार बिहान ७ बजे प्रदेश अस्पताल पुर्‍याइएकी दीपा बेहोस रहेको अस्पतालका मातृ–शिशु स्वास्थ्य सेवा प्रमुख कल्पना थापाले जानकारी दिनु भयो ।

‘बिरामीलाई यहाँ पुर्‍याउँदा नै अचेत अवस्था थियो, उहाँलाई कृतिम स्वासप्रस्वास दिएर भेन्टिलेटरमा राखेका थियौं,’ उनले भनिन्, ‘भेन्टिलेटरमै हुँदा उहाँलाई सुत्केरी गराइएको थियो।’बुधबार बिहान साढे ११ बजे बच्चा निकालिएको उहाँले बताउनु भयो। बच्चा निकालेको केही समयपछि आमाको पनि मृत्यु भइसकेको उहाँले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,