Connect with us
Kapilvast Forest

बंगलादेशमा मैत्रीपूर्ण फुटबल खेलेर नेपाली टोली स्वदेश फिर्ता

२०७७, ४ मंसिर बिहीबारमा प्रकाशित

काठमाडौं– बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेको नेपाली राष्ट्रिय टिम आज (बिहीबार) स्वदेश फर्किएको छ।कात्तिक २८ र मंसिर २ गते ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको नेपाली टिम स्वदेश फर्किएको हो।

पहिलो खेलमा २–० गोलले हारेको नेपालले बंगलादेशसँग दोस्रो खेलमा भने गोलरहित बराबरी खेलेको थियो। टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी त्रिभुवन विमानस्थलमा स्वागत गरेको छ।

नेपालले करिब एक वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेल खेलेको थियो। यसअघि विश्वकप छनोटको दोस्रो चरणमा नेपालले भुटानमा नोभेम्बर १९ तारिखमा कुवेतसँग प्रतिस्पर्धा गरेको थियो। जुन खेलमा नेपाल १–० गोलले पराजित भएको थियो।

त्यसपछि कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि नेपालले खेल्ने अन्तर्राष्ट्रिय खेल सर्दै आएको थियो।बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल पनि विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको तयारीकै लागि खेलेको हो।

बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नका लागि नेपालले करिब एक साताको तयारी थालेको थियो। कोरोना भाइरसको संक्रमण चार सिनियर खेलाडीमा देखिएपछि आठ नयाँ अनुहारलाई लिएर मुख्य प्रशिक्षक बालगोपाल महर्जन बंगलादेश प्रस्थान गरेका थिए। प्रशिक्षक महर्जनले पनि मुख्य प्रशिक्षक योहान कालिन अनुपस्थिति हुँदा नेपाली टिम सम्हाल्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,