Connect with us
Kapilvast Forest

सर्वोच्च अदालतले दशैं–तिहारको बिदापछि पूर्णरुपमा कारबाही थाल्यो

२०७७, ५ मंसिर शुक्रबारमा प्रकाशित

सबै परीक्षार्थीलाई परीक्षामा सामेल गराउन अदालतको आदेश

काठमाडौं-कोरोना भाइरसको संक्रमण बढेपछि मुद्दाको सुनुवाइमा कमी गरेको सर्वोच्च अदालतले दशैं–तिहारको बिदापछि पूर्णरुपमा कारबाही थालेको छ ।सर्वोच्च अदालतका एक अधिकृतले तिहारको बिदापछि मुद्दाको कारबाही पूर्णरुपमा थालेको जानकारी दिए । हिजो बिहीबार मात्र सर्वोच्च अदालतमा १ सय २० थान मुद्दा पेसीमा चढेका थिए । तीमध्ये १८ थान मुद्दा फैसला भए भने ३७ वटामा आदेश भएको सर्वोच्च अदालतबाट थाहा भएको छ ।

पेसीमा चढेका मुद्दामध्ये २३ थान स्थगित भएका थिए । बाँकी ४१ वटा मुद्दामा समयाभावका कारण हेर्न नभ्याइने भनी जनाइएको छ । कोरोना भाइरसको संक्रमण भएसँगै सर्वोच्च अदालतको गत चैत ७ गतेको बसेको पूर्ण बैठकले सीमितरुपमा मात्र मुद्दाको सुनुवाइ गर्ने निर्णय गरेको थियो ।

सुनुवाइ गर्ने मुद्दामध्ये बन्दीप्रत्यक्षीकरण र कोभिड–१९ सँग सम्बन्धित विषयवस्तु रहेका थिए । त्यसपछि बीचबीचमा सर्वोच्चले सूचना जारी गरी कहिले मुद्दाको सुनुवाइ गर्ने क्रम बढाउने गरेको थियो भने कहिले खुम्च्याउने गर्दै आएको थियो । तिहार सकिएपछि भने कोरोना भाइरसको संक्रमण हुनुभन्दा अघिको अवस्थाअनुसार नै मुद्दाको सुनुवाइ हुने क्रममा रहेको छ ।

सर्वोच्चका एक कर्मचारीले उल्लेख गरेका छन्– ‘अब भने मुद्दाको पूर्णरुपमा सुनुवाइ गर्ने अवस्थामा सर्वोच्च अदालत रहेको छ । यही मंसिर तीन र चार गते सुनुवाइ गर्न मुद्दाहरु पूर्णरुपमा पेसीमा चढेका छन् ।’

तर, एउटा मुद्दामा दुई जनाभन्दा बढी कानुन व्यवसायीले बहस गर्न नपाउने गरी सर्वोच्चले व्यवस्था मिलाएको छ । दुई जनाभन्दा बढी कानुन व्यवसायी भए अन्यले बहस नोट बुझाउन सक्ने गरी यसअघि सर्वोच्चले सूचना जारी गरेको थियो ।
यस सूचनाको भने कानुन व्यवसायीहरुले विरोध गरेका छन् ।

सर्वोच्च अदालत बार एसोसिएसनका सदस्य अधिवक्ता ऋषिराम घिमिरेले सर्वोच्चले दुई कानुन व्यवसायीले मात्र बहस गर्न पाउने गरी निकालेको सूचना न्यायपूर्ण नभएको उल्लेख गर्नुभयो । उहाँले यस सूचनाले पक्षको हित नहुने बताउनुभयो । सर्वोच्चसँगै उच्च तथा जिल्ला अदालतहरुले पनि अब पूर्णरुपमा मुद्दाको सुनुवाइ गर्नका लागि तयारी गरेका बताइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,