Connect with us
Kapilvast Forest

तेलको ट्याङ्करभित्र नयाँ ट्याङ्की बनाएर चोरी गर्नेलाई कारबाही

२०७७, ५ मंसिर शुक्रबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

काठमाडौं- भारतबाट पेट्रोल लिएर आउने ट्यांकरभित्र फल्स चेम्बर बनाइएको पाइएको छ। बिर बेताल आशिर्वाद कम्पनीको नाममा रहेका दुईवटा ट्यांकरलाई खाली गरेर जाँच गर्दा फल्स चेम्बर बनाएको पाइएको नेपाल आयल निगमले जनाएको छ।

इन्डियन आयल निगमअन्तर्गत बरौनी रिफाइयनरीबाट पेट्रोल लिएर आएका ना ७ ख ३६९६ र ना ७ ख २९९५ नम्बरका ट्यांकरलाई निगमको बागमती प्रादेशिक कार्यालय, थानकोटका कर्मचारीले खाली गरेर जाँच गरेका थिए।

बुधबार साँझ तेल लिएर आएका ट्यांकरको डिपरडले परिमाण परीक्षण गर्दा दुवै ट्यांकरमा नौ सयदेखि नौ सय ५० लिटर कम पेट्रोल भेटिएको थियो । अध्ययनको क्रममा दुवै ट्यांकरको तीन र चार नम्बर च्याम्बरको बीचभागमा नयाँ सानो ट्यांकी बनाएर तेल राख्ने गरेको भेटिएको हो ।

टोलीले दुईवटा च्याम्बरको बीचभागमा फल्स चेम्बर (सानो ट्यांकी) फिटिङ गरेको भेट्टाएको थियो । त्यसमै तेल लुकाएर चोरी गरिएको भेटिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनु भयो ।

निगमले १५ लाख रुपैयाँ बराबरको जरिवाना गरिएको र थप कारबाहीका लागि गुणस्तर तथा नापतौल विभाग र अन्य निकायलाई पत्राचार गरिएको जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,