Connect with us
Kapilvast Forest

जापानमा एकैदिनमा अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमित

२०७७, ५ मंसिर शुक्रबारमा प्रकाशित

Japan-COVID-19

एपी-कोरोनाभाइरसको महामारी फैलिएको जापानमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन् ।

अर्को बर्ष ओलम्पीक आयोजना गर्न लागेको जापानका सरकारी अधिकारीहरु महामारी थप फैलिदै गएपछि चिन्तित पनि भएका छन् ।

महामारी नियन्त्रण गर्नका लागि अन्य देशहरुको तुलनामा राम्रो व्यवस्थापन तथा नियन्त्रण गरेको जापानमा अहिलेसम्म दुई हजारभन्दा कमको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले विहिबार दिएको जानकारीअनुसार पछिल्लो एकैदिनमा दुई हजार १७९ जना सङ्क्रमित भएका हुन् ।एकैदिनमा दुई हजारभन्दा बढी सङ्क्रमित भएको यो पहिलो पटक भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

भाइरसको महामारी बढ्दै गएपछि प्रधानमन्त्री योशिहिडे सुगाले उच्च सतर्कता अपनाउन सवैलाई आह्वान गर्नुभएको छ । उहाँले मास्कको प्रयोग गर्न पनि आग्रह गर्नुभएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,