Connect with us
Kapilvast Forest

नेपाल–भारत संयुक्त कार्यदलको बैठक सम्पन्न, सीमापार रेल सञ्चालनबारे छलफल

२०७७, ५ मंसिर शुक्रबारमा प्रकाशित

rel marga
प्रतिनिधिमुलक तस्विर

काठमाडौं-नेपाल-भारत संयुक्त कार्यदलको चौथो बैठक सम्पन्न भएको छ । दुवै देशबीच सीमापार रेलमार्ग सञ्चालन एवं सहकार्यसम्बन्धी उक्त कार्यदलकाे बैठक बिहीबार सम्पन्न भएकाे हाे ।

भिडियो कन्फरेन्समार्फत् सम्पन्न भएकाे बैठकमा जयनगर-बिजलापुर-बर्दिबास र जोगबनी-विराटनगर सीमापार रेलमार्ग सञ्चालनबारे छलफल भएकाे बताइएकाे छ । कार्यदलद्वारा जारी विज्ञप्तिमा दुबै देशबीच सीमापार यात्रुबाहक रेलसेवा सञ्चालनका लागि भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४ किलोमिटर रेलमार्गको प्राविधिक तयारीबारे छलफल भएको जनाइएको छ ।

छलफलमा भारतकाे ३७४ करोड अनुदान सहयोग अन्तर्गत जोगवनी र विराटनगरबीचमा सञ्चालित अन्य अन्तरदेशीय रेलमार्ग परियोजनाकाे काम पनि तीव्र रुपमा अघि बढाउने सहमति भएकाे विज्ञप्तीमा उल्लेख छ । साथै नेपाल रेलवे कम्पनीले यात्रुबाहक रेल सेवा सुचारु गर्नका लागि आवश्यक पर्ने स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडियर (एसओपी) बारेमा बैठकमा छफफल भएकाे जनाइएकाे छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,