Connect with us
Kapilvast Forest

कर्णाली प्रदेशसभा सदस्य खत्रीसहित घरका ८ जनालाई कोरोना संक्रमण

२०७७, ५ मंसिर शुक्रबारमा प्रकाशित

kausilaa-sakyaa.jpg

जाजरकोट – कर्णाली प्रदेशसभा सदस्य कौशिलावती खत्रीलाई कोरोना संक्रमण भएको छ । केही दिनअघि रुघाखोकी र ज्वरोले थलिएकी खत्रीको कोरोना पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको हो । उहाँसहित घरका ८ जनालाई कोरोना संक्रमण देखिएको छ।

खत्रीका श्रीमान गैरसरकारी संस्था महासंघ कर्णाली प्रदेशका अध्यक्ष खिमबहादुर शाही, उहाँका छोरी ज्वाँइ, नातीनातिनालगायतलाई कोरोना संक्रमण भएको छ ।

सामाजिक सञ्जालमा खत्रीले आफ्नो परिवारका सबै सदस्यलाई कोरोना संक्रमण देखिएकोले आफूसँग सम्पर्कमा आएका सबैलाई सजग हुन आग्रह गर्नु भएको छ ।आफूहरु जाजरकोट सदरमुकामस्थित घरमा होम आइसोलेसनमा रहेको समेत जानकारी गराउनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,