Connect with us
Kapilvast Forest

गृह मन्त्रालयमा ईश्वर पोखरेलको हस्तक्षेप, गृहमन्त्रीलाई थाहै नदिई एआईजीको दरबन्दी थपियो

२०७७, ५ मंसिर शुक्रबारमा प्रकाशित

Nepal-Police-Headquarter_

काठमाडौं – गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय, नक्सालको जानकारीविनै सरकारले नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थपेको छ । मन्त्रिपरिषदमा पेश भएको संगठनात्मकस्वरुप निर्धारण(ओएण्डएम) मा संशोधन गर्दै सरकारले एआईजीको एउटा दरबन्दी थपेको हो ।

गोप्य राखिएको मन्त्रिपरिषदको यो निर्णयबारेको पत्र गृहको प्रशासन महाशाखामा पुगेसँगै सार्वजनिक भएको छ । र, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पनि यस विषयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

तर, गृहमन्त्री थापा स्वयंलाई यो निर्णयबारे पूर्वजानकारी नभएको उनको सचिवालयका एक अधिकारीले बताउनु भयो । उहाँका अनुसार गृहले पेस गरेका प्रस्तावमा पाँचवटा प्रहरी नायव महानिरीक्षक (डीआईजी) को दरबन्दी थप्नुपर्ने भनिएको थियो ।

‘लामो समय मन्त्रिपरिषदमा प्रस्ताव अड्किरहेका बेला एआईजीको दरबन्दी थप्ने नै भए दुईवटा राख्ने भन्ने कुरा आएको थियो’, उहाँले थप्नु भयो, ‘तर, विवादका बीच प्रस्ताव अड्किरहेका वेला थाहै नपाई एउटा दरबन्दी स्वीकृत भएछ ।’

मन्त्रिपरिषदले गृहको प्रस्तावलाई अध्ययनका लागि भन्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको प्रशासनिक समितिमा पठाएको थियो । र, उपप्रधानमन्त्री पोखरेलले नै एउटा दरबन्दी थपेर मन्त्रिपरिषदमा प्रस्ताव लगेको स्रोतको भनाइ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,