Connect with us
Kapilvast Forest

कोरोना संक्रमणबाट बागमती प्रदेशमा मात्र ६ सय बढीको निधन

२०७७, ५ मंसिर शुक्रबारमा प्रकाशित

corona death

काठमाडौं-विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट हेटौंडालगायत बागमती प्रदेशमा हालसम्म ६३१ जनाको मृत्यु भइसकेको छ।

बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा एक लाख १७ हजार १९७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। मन्त्रालयको कोभिड-१९ का प्रवक्ता डा. पुरुषोत्तम सेढाईंका अनुसार कूल सङ्क्रमितमध्ये ९८ हजार ५५९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्। प्रदेशमा कोरोना संक्रमणबाट निको हुने दर ८४ प्रतिशत रहेको उहाँको भनाइ छ।

प्रवक्ता डा. सेढाईंका अनुसार मुलुकका कूल कोरोना संक्रमितमध्ये बागमती प्रदेशमा ५० प्रतिशत छ। कोरोनाको संक्रमणबाट सुरक्षित रहन सरकारले निर्धारण गरेको मापदण्ड पालना गर्नुपर्ने उहाँको भनाइ छ।

यसैबीच हेटौँडा उपमहानगरपालिका-५ की ६४ वर्षीया एक महिलाको कोरोना संक्रमणबाट आज आफ्नै घरमा मृत्यु भएको छ। उहाँ लाई गत कात्तिक १८ गते कोरोना पृष्टि भएको थियो। शव व्यवस्थापन नेपाली सेनाले गर्ने निजको परिवारले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,