Connect with us
Kapilvast Forest

अमेरिकी चुनाव : जर्जियाकाे फेरि गनिएकाे मतमा पनि जाे बाइडेन विजयी

२०७७, ५ मंसिर शुक्रबारमा प्रकाशित

एजेन्सी– अमेरिकी राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पलाई फेरि अर्काे एक झट्का लागेको छ । ​जर्जिया राज्यका चुनाव अधिकारीहरुले जो बाइडेनले डोनाल्ड ट्रम्पलाई हराएको पुष्टि गर्नु भएको हो ।

त्यहाँको सुरुवाती नतिजामा जो बाइडेन अघि चलिरहेका थिए तर ट्रम्प खेमाको आपत्ति पछि फेरि मत गनिएको थियो ।कुल मतको हिसाबमा अहिले जो बाइडेनको जितको अन्तर ५९ लाखभन्दा धेरै छ ।

अमेरिकाको इलेक्टोरल कलेज मतको अनुसार जो बाइडेनसँग ३०६ र ट्रम्पसँग २३२ मत छ । जितको लागि २७० मत आवश्यक पर्छ ।जो बाइडेनले फेरि एक पटक हार स्वीकार नगरेको भन्दै डोनाल्ड ट्रम्पको आलोचना गर्दै उहाँको व्यवहारलाई गैरजिम्मेवार बताएका छन् । उहाँले  भन्नु भयो ‘ट्रम्पलाई आफूले जित्दिनँ भन्ने लागेको थियो ।’

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,