Connect with us
Kapilvast Forest

नेकपा अध्यक्ष प्रचण्ड र महासचिव पौडेलबीच धुम्बाराहीमा छलफल

२०७७, ५ मंसिर शुक्रबारमा प्रकाशित

Prachanda_paudel_mnxutih9Pt.jpg

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलको भेटवार्ता भएको छ ।पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको छलफलमा पार्टी भित्रको गतिविधिका विषयमा कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

पार्टीमा बढिरहेको तीव्र विवादका विषयमा नेताहरुबीच छलफल भएको हो । महासचिव पौडेल र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले भेट्न खोजेपछि दुवैसँग धुम्वाराहीमै छलफल गरिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनु भयो ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्ड पक्षबीच विवाद बढ्दै गएपछि नेताहरुबीचको भेटवार्ता पनि बाक्लिएको छ ।

अध्यक्ष ओलीले मनोमानी रुपमा पार्टी र सरकार चलाएको भन्दै बहुमत सचिवालय सदस्य रुष्ट हुनुभएको छ। कार्यकारी अध्यक्ष प्रचण्डले विभिन्न आरोपसहित प्रतिवेदन पेस गर्नु भएको छ ।

सोही पत्रको जवाफका लागि अध्यक्ष ओलीले १० दिनको समय माग्नु भएको छ । पार्टीमा देखिएको विवादलाई सहजीकरण गर्न कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव पौडेलबीच विभिन्न चरणमा छलफल भइरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,