Connect with us
Kapilvast Forest

बुटवलबाट बाघको छालासहित ४ जना पक्राउ

२०७७, ५ मंसिर शुक्रबारमा प्रकाशित

pakrau
प्रतिनिधिमुलक तस्विर

बुटवल – बाघको छालासहित ४ जना बुटवलमा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बुटवलका ३० वर्षीय विष्णुप्रसाद भट्टराई, गुल्मीको गुल्मीदरबार गाउँपालिका–४ का २२ वर्षीय बिमल मगर, २४ वर्षीय संजिव पेमी र १८ वर्षीय विशाल रानामगर रहेका छन् ।

बुटवल–९ स्थित विशाल होटल एण्ड रेष्टुरेण्टबाट शुक्रबार बिहान साढे १० बजेतिर उनीहरुलाई बाघको छालासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले बताउनु भयो । उहाँहरुको साथबाट प्रहरीले ६ फिट लम्बाइ र एक फिट ३ इन्च चौडाइको एकथान बाघको छाला बरामद गरेको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,