Connect with us
Kapilvast Forest

कोरोना भाइरस नेपाल: थप २२ जनाको मृत्यु, १९ सयमा सङ्क्रमण

२०७७, ५ मंसिर शुक्रबारमा प्रकाशित

corona

काठमाडौं –पछिल्लो २४ घण्टामा १९४५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३४० नमुना परीक्षण गर्दा २७४० महिला र १२०५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ । उनीहरुमध्ये १२९८ जनाको मृत्यु भएको छ भने १ लाख ९१ हजार २ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ५३६४ जना संक्रमणमुक्त भएका हुन् ।पछिल्लो २४ घण्टामा ५३६४ जना कोरोनामुक्त भएका छन् भने २२ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेकाने संख्या १२९८ पुगेको छ

उनीहरुमध्ये १९ हजार १४ जना होम आइसोलेसनमा छन् भने ४०३ जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ११०७ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ८६२, ललितपुरका १७४ र भक्तपुरका ७१ जना छन् ।

कास्कीका ८८ जना, चितवनका ८७, रुपन्देहीका ६०, सुनसरीका ५५, काभ्रेका ५४, दाङका ५१, संखुवासभाका ३४, झापाका ३३, धनुषा र कैलालीका २४/२४ जना, मोरङका २०, नवलपरासी र दार्चुलाका १९/१९ जना, सिराहा र दोलखाका १७/१७ जना, पाल्पाका १५, धादिङ र नवलपुरका १४/१४ जना, नुवाकोट, सिन्धुपाल्चोक, गोरखा र लमजुङका ११/११ जना तथा बर्दियाका ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

मकवानपुर र बाँकेका ८/८ जना, उदपयुर, बारा, तनहुँ, स्याङ्जा, कपिलवस्तु र कञ्चनपुरका ७/७ जना, ओखलढुंगा, रामेछाप, प्युठान र सल्यानका ६/६ जना, बाग्लुङ र डडेलधुराका ५/५ जना, तेह्रथुम, महोत्तरी र गुल्मीका ४/४ जना, सोलखुम्बु, सर्लाही र बैतडीका ३/३ जना, इलाम, धनकुटा, सप्तरी, सिन्धुली, अर्घाखाँची, दैलेख, सुर्खेत र बझाङका २/२ जना तथा पाँचथर, भोजपुर, पर्सा, रौतहट, पर्वत, म्याग्दी, कालीकोट, रुकुम पश्चिम, अछाम, डोटी र बाजुराका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,