Connect with us
Kapilvast Forest

कोरोनाले छेकेन छठ पर्वलाई, अस्ताउदो सुर्यलाई अध्र्य दिई छठ पर्व मनाईयो

२०७७, ५ मंसिर शुक्रबारमा प्रकाशित

छठ पर्वका अवसरमा कपिलवस्तु नगरपािलका– ३ रामघाटमा अस्ताउदो सुर्यलाई अध्र्य दिनेक्रममा जलअपर्ण गर्द रुद्धालु महिला ।

कपिलवस्तु-
कोरोना संक्रमणको महामारी बिच अस्ताउदो सुर्यलाई अर्घ दिदै कपिलवस्तुमा पनि हर्षोल्लासका साथ शुक्रवार छठ पर्व मनाईएको छ । कपिलवस्तु नगरपालिका– १ चपरतल्ला स्थित सझीया घाटकारुपमा रहेको जमुहार नदी, बाणगंगा नदीको रामघाटम छठी माताको पुजाआजा गर्दै यो पर्व मनाईएको हो ।

यस्तै कृष्णनगर, बहादुरगंज लगायधका स्थाामा रहेको पोखरीमा समेत भक्तजनहरुले सुर्यको बिशेष पुजापठा गरी सामुहिकरुमा यो पवै मनाएका हुन । कोरोना महामारी कै बिच भक्तजनहरुले त्यसको पर्वाह नगरी बिना मास्क र स्वास्थ्य मापदन्डको पालना नगरी सामुहिक पुजापठामा ज्टेका हुन । प्रशासन कार्यालयले घर घरमा पर्व मनाउन गरको आग्रहलाई उनीहरुले कुनै वास्ता गरेनन । यधपी यस बर्ष भने गत बर्षको तुलनामा भक्तजनहरुको संख्या भने कम थियो । यस बर्ष कोरोनाले गर्दा भक्तजनको संख्या घटे पनि आस्था भने नघटेको पुजा ब्यवस्थापन समितिका अध्यक्ष गणेशलाल कर्णले बताए ।

भक्तजनह जम्मा भएर सामूहिकरुपमा पुजापाठ समेत गरेका थिए । पुजाआजाका लागि मधेसी, पहाडी, नेवार समुदमयकासहभागी थिए । बिशेष पुजाको अवसरमा उनीहरुले सुर्य र छठी माताको आराधना समेत गरेका थिए । छठमा उपबास बसी पुजाआजा गर्नाले पारिपार सुख संबृद्धिका साथै सन्तान प्राप्ती र रोग ब्याधी समेत निको हुने श्रद्धालु भक्तजनहरुको बिश्वास छ ।

उनीहरुले उक्त नदीमा पुजा गरी प्रससादका रुपमा आज बासको सामग्रीमा अध्र्य दिएर केरा, ठेकुवा र भसुवा, मूला, केरा, उखु लगायतका परिकार चढाएका थिए । छठ पवका लागि पुजा ब्यवस्थापन समिति गठन गरी जमुहार र रामघाट नदीमा पुजाआजाका लागि बिशेष ब्यवस्था गरेको थियो । समितिले टेन्ट, लगायतका सामग्रीहरुको ब्यस्था गरेको थियो ।

चार दिन सम्म मनाईने छठ शनिवार बिहान संपन्न हुदैछ । बुधवार चोखो भोजनग्रहणगर्ने, बिहीवार सुयास्त पछि एक छाक खाने, शुक्रवार अस्ताउदो र शनिवार उदाउदो सुर्यलाइृ अध्र्य दिने चलन छ । पुजा स्थलको सुरक्षार्थ नेपाल प्रहरी र सशस्त्र प्रहरी समेत परिचालन गरिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,