Connect with us
Kapilvast Forest

सिरहाबाट कटुवा पेस्तोल एक युवक पक्राउ

२०७७, ६ मंसिर शनिबारमा प्रकाशित

राम भरोसि यादब-सिरहाको औरहीमा कटुवा पेस्तोल र गोलीसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा औरही गाउँपालिका ५ का २४ वार्षिय रबिन दास रहेका जिल्ला प्रहरी सिरहाले जनाएको छ । उनको साथबाट एक थान लोडेडकटुवा पेस्तोल र २ थान गोली बरामद भएको जिल्ला प्रहरी प्रमुख उमा शकर पजियाले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार स्थानीय विनोद यादवलाई गोली मार्ने योजना बनाएका थिए दास । तर योजनाबारे प्रहरीले सूचना पाएपछि तत्कालै छठ घाट पुगेर उनलाई नियन्त्रण लिएको छ ।

औरही प्रहरीले दासलाई अनुसन्धान तथा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखेकोजिल्ला प्रहरी सिरहाका प्रहरी प्रमुख उमा शकर पजियाले जनाएको छ ।

यादव सग दासको पुरानो रिसिबिरहेको कारणले विनोद यादवलाई गोली मार्ने योजना बनाएर गोलिहान्न छठको घाटमा दास गएको सिरहाका प्रहरी प्रमुख पजियाले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,