Connect with us
Kapilvast Forest

ललितपुरबाट विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

२०७७, ६ मंसिर शनिबारमा प्रकाशित

pakrau-

ललितपुर- शुक्रबार राति ललितपुरको बागडोलबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाका दुई जना कार्यकर्तालाइ पक्राउ गरेको छ । सरकारबाट प्रतिबन्धित विप्लव समूहका दुई जना कार्यकर्तालाई प्रहरी प्रधान कार्यालयले पक्राउ गरेको हो ।

दोलखा जिल्ला बिगु गाउँपालिका–३ घर भई हाल ललितपुर–४ बागडोल बस्ने ३९ वर्षीय संजिव नेपाली र दोलखा जिल्ला बैतेश्वर नगरपालिका–३ घर भई हाल बागडोल बस्ने ४१ वर्षीय प्रेम बहादुर दर्नाल पक्राउ परेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्ने दर्नाल विप्लव समूहको केन्द्रीय आर्थिक विभागको सदस्य र नेपाली सेक्रेटरी रहेको बताइएको छ । उहाँहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आजदेखि विप्लव समूहले ३ दिनसम्म वर्षगाँठ मनाउँदैछ, मंसिर ६, ७ र ८ गते । वर्षगाँठमा विप्वल समूहको मुमेन्ट बढ्नसक्ने भन्दै उपत्यकामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,