Connect with us
Kapilvast Forest

सिन्धुलीमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

२०७७, ६ मंसिर शनिबारमा प्रकाशित

accident

सिन्धुली-ट्याक्टर पल्टिँदा सिन्धुलीमा चालकको मृत्यु भएको छ।शनिबार बिहान ९ बजे दुधौली नगरपालिका(५ सिर्थौली नयाँटोलस्थित भित्री सडकमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको हो।

सोही ठाँउका २१ वर्षीय चालक वियसकुमार दनुवार ना ५ त १९५१ नम्बरको खाली ट्याक्टरमा सिर्थौली नयाँटोलबाट छपाहामा मल लिन जाँदै हुनुहुन्थ्यो।सडकमा आफैँ अनियन्त्रित भइ पल्टिँदा दनुवार गम्भीर घाइते हुनु भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार उहाँको टाउको, छाती भित्री चोट र दुबै कानबाट रगत बगेको थियो।

उहाँलाई पहिले स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीमा लगेको थियो।त्यहाँबाट उहाँको थप उपचारको लागि जिल्ला अस्पताल सिन्धुली पुर्‍याउँदा पौने १२ बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक खत्रीले बताउनु भयो ।मृतक दनुवारको शव जिल्ला अस्पतालमा राखिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,