Connect with us
Kapilvast Forest

म कुनै गुटमा छैन : वामदेव गौतम

२०७७, ६ मंसिर शनिबारमा प्रकाशित

bamdev.jpg

दाङ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय उपाध्यक्ष वामदेव गौतमले आफू पार्टीको कुनै गुटमा नरहेको बताउनुभएको छ । उहाँले अहिले पनि आफू पार्टी एकताको पक्षमा रहेको बताउनुभएको हो ।

तुलसीपुर उपमहानगरपालिकाले शनिबार आयोजना गरेको भेटघाट कार्यक्रममा गौतमले अहिले पार्टीमा समस्या देखिएको भन्दै त्यो समस्या समाधान गर्न आफू निरन्तर लागिरहेको बताउनुभएको छ ।

पार्टी एकता, समृद्ध नेपालदेखि समाजवादको परिकल्पना आफ्नो सपना भएको बताउँदै ६३ सालदेखि पार्टी एकीकरणको पक्षमा रहँदै आएकाले जुटेको पार्टीलाई फुट्न नदिने पक्षमा रहेको समेत बताउनुभयो ।

आफूले अहिलेसम्म कुनै गुटबन्दी नगरेको दाबी गर्दै यति बेला सबै पार्टी एकताको पक्षमा हुनुपर्ने बताउनुभएको छ ।यस्तै नेकपा दाङका अध्यक्ष टीकाराम खड्काले दाङका सबै नेता र कार्यकर्ता पार्टी एकताको पक्षमा भएकाले एकताको पक्षमा गम्भीरताका साथ लाग्न सुझाव दिनुभएको हो ।कार्यक्रममा तुलसीपुर उपमहानरपालिकाका प्रमुख घनश्याम पाण्डेले दंगाली जनताको चाहना पार्टी एकता नै रहेको बताउनु भएकाे छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,