Connect with us
Kapilvast Forest

काठमाडौं महानगरले निस्शुल्क पिसिआर परीक्षण गर्ने

२०७७, ६ मंसिर शनिबारमा प्रकाशित

kaathmandu
फाइल तस्बिर

काठमाडौं-काठमाडौं महानगरपालिकाले आइतबारदेखि निःशुल्क पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्ने भएको छ।शनिबार राष्ट्रिय विभूति शंखधर साख्वा र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा मेयर विद्यासुन्दर शाक्यले निस्शुल्क पिसिआर परीक्षण गराउन लागेको जानकारी दिनु भएको छ।

उहाँले कार्यक्रममा पत्रकारहरूसँग बोल्दै आइतबारदेखि स्वाब संकलन गर्ने कार्यलाई पुन सूचारू गर्न लागेको बताउनु भयो ।यस्तै कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न मोबाइल भ्यान सञ्चालन गर्ने तयारी समेत रहेको उहाँले बताउनु भयो ।

महानगरले परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ अघि बढेको भन्दै कन्ट्याक्ट ट्रेसिङमा परेका र लक्षण देखिएकालाई मात्र पिसिआर टेष्ट गर्न मेयर शाक्यले आग्रह गर्नु भएको छ ।यस्तै उपत्यकामा पछिल्लो समय बढिरहेको कोरोना संक्रमणको चक्र तोड्न प्रभावकारी कदम चाल्नुपर्ने अवस्था आएको पनि उहाँले बताउनु भयो ।

अहिले भिडभाड नियन्त्रण गर्न उपत्यका नगरपालिका फोरमले कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)लाई सुझाव दिइसकेको र सरकारको निर्णय अनुसार हुने पनि मेयर शाक्यले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,