Connect with us
Kapilvast Forest

विषाक्त रक्सी पिउँदा ६ जनाकाे ज्यान गयाे, १५ जना बिरामी

२०७७, ६ मंसिर शनिबारमा प्रकाशित

madira

एजेन्सी – भारतको उत्तर प्रदेश राज्यमा विषाक्त रक्सी पिउँदा ६ जनाकाे ज्यान गएको छ । त्यस्तै अरू १५ जना गम्भीर बिरामी भएका छन् ।प्रयागराज जिल्लामा भएको घटनामा बिरामी भएकाहरूकाे स्थानीय अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ ।

प्रहरीले विषाक्त रक्सी बिक्रेतासहित तीन जनालाई पक्राउ गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।बिहीबार बेलुकी एक पसलबाट रक्सी किनेर लगेकाहरू रक्सी पिएपछि बिरामी परेका थिए ।

बिहीबार नै एक जनाको ज्यान गएकाे तथा हिजाे र आज गरी मृतककाे सङ्ख्या ६ पुगेको खबरमा उल्लेख छ ।एक हप्ताअघि पनि उत्तर प्रदेशको राजधानी लखनउमा विषाक्त रक्सी पिएका ६ जनाको ज्यान गएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,