Connect with us
Kapilvast Forest

विश्वको सर्वोच्च हिमाल सगरमाथाको शिखर प्रदूषण

२०७७, ६ मंसिर शनिबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

काठमाडौं- विश्वको सर्वोच्च हिमाल सगरमाथाको शिखर नजिकै माइक्रोप्लास्टिक प्रदूषण भेटिएको छ । यसअघि सन् २०१८ मा पृथ्वीको सबैभन्दा गहिरो स्थान मारियाना ट्रेन्चमा पनि प्लाष्टिकको फोहर भेटिएको थियो । सगरमाथामा समेत प्रदूषण भेटिएसँगै मानिसले अब पृथ्वीमा प्रदूषित गर्न कुनै पनि ठाउँ बाँकी रहेन । सगरमाथाको शिखरको १ सय मिटरको दायरामा प्लाष्टिक फाइबरहरु भेटिएका हुन् । सगरमाथाको यो स्थानलाई बाल्कोनी भनेर चिनिन्छ ।

द गार्डियनको रिपोर्टअनुसार सगरमाथाको ५ हजार ३ सय मिटरको उचाइदेखि ८ हजार ४ सय ४० मिटरको उचाइसम्म ११ स्थानबाट हिउँको नमूना लिइएकोमा सबै नमूनामा प्लाष्टिक पाइएको छ । माइक्रोप्लाष्टिकको सबैभन्दा ठूलो मात्रा बेस क्याम्पमा पाइएको छ । यहाँ पर्वतारोही र ट्रेकरहरुले सबैभन्दा धेरै समय बिताउँछन् । यी प्लाष्टिक फाइबरहरु पर्वतारोहीले प्रयोग गर्ने कपडा, पाल र डोरीबाट आएको अनुमान गरिएको वैज्ञानिकले बताएका छन् ।

‘मैले विश्लेषण गरेका हरेक हिउँको नमूनामा प्लाष्टिक पाइँदा म आफैं अचम्ममा परेको छु’ युनिभर्सिटी अफ प्लेमाउथका वैत्रानिक इमोजेन नेप्परले भन्नु भयो ‘सगरमाथालाई मैले सधैं अत्यन्थै दुर्गम र पुरानो स्थान ठान्थें । हामीले विश्वको सर्वोच्च शिखरको नजिकै प्रदूषण गरिरहेका छौं भन्ने खुलासा हामीलाई सचेत बनाउने कुरा हो ।’ नेप्पर यो अनुसन्धानकी नेतृत्वकर्ता हो। हाम्रो वातावरणमा प्रशस्तै माइक्रोप्लाष्टिक भेटिन थालेकोले अब सही वातावरणीय समाधानको खोजी गर्ने बेला भएको उहाँले बताउनु भयो।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,