Connect with us
Kapilvast Forest

सशस्त्र प्रहरी सुरक्षासगै सामाजिक काममा सक्रिय

२०७७, ७ मंसिर आईतवारमा प्रकाशित

सनिउल्ला धोबी,
कपिलवस्तु- सशस्त्र प्रहरी नेपालले पछिल्लो समय समाजिक क्रियाकलापमा सक्रिय भुमिका निर्वाह गर्दै आएको छ । कोभिड १९ आर्थात कोरोना भाइरसको कहरको विच सशस्त्र प्रहरीले विभिन्न स्थानमा समुदायस्तरको काम गरेको छ । कहिले निशुल्क स्वास्थ्य जाच त कहिले सरसफाई अभियान नै संचालन गरी सुरक्षासगं सामाजिक काममा अग्रसरता दिइएको पाइएको छ ।

विश्व हात धुने दिवसको दिन कपिलवस्तुको चन्द्रौटामा आम नागरिकको स्वास्थ्य चेकजाच गरेको सशस्त्र प्रहरीले जिल्लाको विभिन्न स्थनमा सामाजिक कार्यलाई निरन्तरता दिएको सशस्त्र प्रहरी बल नेपाल नं ५ विध्याबाहिनी मुख्यालयका सशस्त्र प्रहरी नायब महानिरिक्षक किशोर प्रधानले बताउनु भयो ।

सशस्त्र प्रहरी प्रती नागरिकहरुको धारण सकारात्मक गर्नका लागि र कोभिड १९ को बारेमय जनचेतना जगाउन विभिन्न क्रियाकलाप सञ्चालन गरेको सशस्त्र प्रहरी नायब महानिरिक्षक प्रधानले बताउनु भयो ।यसैविच कपिलवस्तुको कृष्णनगर नगरपालिका अन्तर्गत पर्ने सशत्र प्रहरी बल नेपाल बॉर्डर आउट पोस्ट भिल्मी चोकमा शनिबार सरसफाइ अभियान सञ्चालन गरेको छ ।

कृष्णनगर नगरपालिकाको वाड नं ६ भिल्मीमा सशस्त्र प्रहरीले गरेको सरसफाई अभियान राम्रो भएको स्थानिय शिव पुजन यादवले बताउनु भयो । सिमा सुरक्षासंगै समाजिक कार्य गरेको प्रती सशस्त्र प्रहरी प्रती स्थानियले धन्यावाद प्रकट गरेका छन ।भिल्मीका स्थानिय युवा, समाजसेवी, शिक्षक, विद्यार्थी, कर्मा प्रहरी चौकी लगायतले सरसफाइ कार्यक्रमलाई सफल बनाएको पारिएको बिओपि भिल्मीका सशत्र प्रहरी निरिक्षक त्रिलोचन पोख्रेलले जानकारी दिनु भयो ।

कोरोना महामारी बाट बाच्न हामी सबैले आफ्नो घर,आगन, टोल, बाटो सधै सफा राख्नु पर्ने बिओपि भिल्मीका सशत्र प्रहरी निरिक्षक पोख्रेलले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,