Connect with us
Kapilvast Forest

काठमाडौं महानगरपालिकाले आजबाट निःशुल्क पिसिआर परीक्षण गर्ने

२०७७, ७ मंसिर आईतवारमा प्रकाशित

kaathmandu

काठमाडौँ- काठमाण्डौ महानगरपालिकाले आजदेखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन सुरु गर्ने भएको छ ।सरकारले तोकेको मापदण्डभित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्न स्वाब संकलन गरिने भएको हो । यस्तै कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न मोबाइल भ्यान सञ्चालन गर्ने तयारी गरिएको काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताउनुभयो ।

काठमाण्डौ महानगरपालिकाले कोरोना परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ काम अघि बढेको भन्दै कन्ट्याक ट्रेसिङमा परेका र लक्षण देखिएकाहरुलाई मात्र निःशुल्क पीसीआर परीक्षण गर्न मेयर शाक्यले आग्रह गर्नुभएको छ । काठमाण्डौ उपत्यकामा पछिल्लो समय बढिरहेको कोरोना सङ्क्रमणको चक्र तोड्न प्रभावकारी कदम चाल्नुपर्ने अवस्था आएको पनि उहाँले बताउनुभएको छ ।

लकडाउन हटेसँगै बजारमा चहलपहल र भीडभाड बढेको तथा मुख्य चाडपर्व पनि भर्खरै सकिएको अवस्थामा कोरोना सङ्क्रमण नियन्त्रण गर्न चुनौती रहेको उहाँको भनाइ छ । मेयर शाक्यले भीडभाड नियन्त्रण गर्न उपत्यका नगरपालिका फोरमले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सुझाव दिइसकेको र सरकारको निर्णय अनुसार अगाडि बढ्ने बताउनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,