Connect with us
Kapilvast Forest

गलत विचारविरुद्ध लड्न सही विचार नै पर्याप्त हुन्छ, होहल्लाको अर्थ छैन:नेता बाँस्कोटा

२०७७, ७ मंसिर आईतवारमा प्रकाशित

काठमाडौँ-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले गलत विचारसँग लड्न होहल्लाको अर्थ नरहेको बताउनु भएको छ ।

चितवनमा पार्टीका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेविरूद्ध पार्टीकै कार्यकर्ताबाट नाराबाजी भएकोपछि पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले ट्वीट गर्दै गलत विचारविरूद्ध लड्न सही विचार नै पर्याप्त हुने बताउनु भएको छ ।

‘हातहरुको शसस्त्रीकरण भन्दा पहिला विवेक र बिष्लेषणपुर्ण चेतनाको विकास नै मानवीयशसस्त्रीकरणको वास्तविक पहिचान हुन्छ,’ बाँस्कोटाले ट्वीटमा भन्नु भएको छ ,’गलत विचारविरुद्ध लड्न सही विचार नै पर्याप्त हुन्छ, होहल्लाको अर्थ छैन।’

स्थायी कमिटी सदस्य पाण्डेमाथि दुर्व्यवहार भएपछि नेकपाको केन्द्रीय राजनीति तरंगित भएको छ । घटनाको भर्त्सना गर्दै पार्टीका वरिष्ठ नेताहरुले छानबिन र दोषीमाथि कारबाहीको माग गर्नु भएको छ ।

शनिबार बिहान चितवनको राप्ती नगरपालिकाको नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी नेता पाण्डे बोल्ने क्रममा ओली निकट युवा तथा विद्यार्थी नेताहरुले नाराबाजी गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,