Connect with us
Kapilvast Forest

उदयपुरकाे ताप्ली गाउँपालिकाकाे कार्यालयमा बम विस्फाेट

२०७७, ७ मंसिर आईतवारमा प्रकाशित

प्रतिनिधिमुलक तस्बिर

काठमाडाैं -उदयपुरकाे ताप्ली गाउँपालिकाकाे कार्यालय रूपाटारमा आज (आइतबार) बिहान बम विस्फोट भएकाे छ ।गाउँपालिकाकाे कार्यालयकाे नागरिक सहायक कक्षमा बिहान सवा एक बजे बम विस्फाेट भएकाे हाे । बम विस्फाेट हुँदा उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृतको कार्यकक्षको झ्यालढोका, कम्प्युटर, प्रिन्टर, टेबल, दराज, सोफालगायतका सामानमा पूर्णरूपमा क्षति पुगेकाे गाउँपालिकाले जनाएकाे छ ।

कार्यालयकाे गेटमा अर्काे बम पनि फेला परेकाे र उक्त बम डिस्पाेजल गर्न १८ नम्बर बाहिनी अड्डा भुल्केलाई खबर गरिएकाे छ । अहिले घटनास्थल प्रहरीले नियन्त्रणमा लिएकाे छ । गेटमा राखिएको बम निस्क्रिय गराएपछि घटनाको थप विवरण आउने जिल्ला प्रहरी कार्यलाय उदयपुरले जनाएकाे छ । बम विस्फाेटकाे अहिलेसम्म कसैले जिम्मा लिएकाे छैन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,