Connect with us
Kapilvast Forest

तलब नपाएका भन्दै शिक्षकद्धारा शिक्षा तथा समन्वय ईकाईमा तालाबन्दी

२०७७, ७ मंसिर आईतवारमा प्रकाशित

कपिलवस्तु -५ महिना देखि तलब नपाएको भन्र्दै शिक्षा सिकाई सहयोग अनुदानका शिक्षकहरुले तौलिहवा स्थित शिक्षा तथा समन्वय ईकाई कपिलवस्तुको कार्यालयमा आईतवार तालाबन्दी गरेका छन ।

आफुहरुले पाउनु पर्ने तलब बापतको रकम चालु आर्थिक बर्ष देखि हाल सम्म खान नपाएको र त्यसकालागि सरकारले कुनै चासो नदिएको भन्दै उनीहरुले समन्वय ईकाईमा ताला हानेका हुन ।

तालाबन्दी पछि उनहिरुले समन्वय ईकाईका प्रमुख थानेशवर घिमिरे र अधिकृत अुर्जन कुवरलाई ज्ञापन पत्र समेत दिएका थिए । सरकारले बिद्यार्थी संख्याको आधारमा कम दरबन्दी भएका बिद्यालमया अनुदान बापतको एकमुष्ठ रकम पठाउदैआएको थियो ।

त्यही रकम शिक्षकलाई खुवाउने गरिएको थियो । तर यस बर्ष अझै सम्म निकासा नहुदा अनुदानका शिक्षकहरुले तलब खान पाएका र्छैनन । माबि, निमाबि र प्राबिकालागि बार्षिकरुपमा एकमुष्ठ रकम दिने गरिएको थियो ।

अनुदान शिक्षक संघर्ष समितिका अध्यक्ष रेशम खनालले आफुहरुले बिद्यालमया पढाउदै आए पनि ५ महिना देखि तलब नपाएको गुनासो गर्नु भयो । उहाँले सरकारले नै तलब नपठाउदा आफुहरु तलबबाट बंचित हुनु परेको उहाँले बताउनु भयो ।

अनुदानका शिक्षक अरुण श्रीवास्वले सरकारले तलब नपठाएर आफुहरु अन्यौलमा परेको बताउनु भयो । ‘ सरकारले अनुदानको शिक्षक हट्यो भनी स्पष्ट भन्नु पर्छ नत्र हामीलाई तोकिएको समय मै तलब दिनु पर्छ ’ उहाँले भन्नु भयो ।

समन्वय ईकाईका प्रमुख घिमिरेले मन्त्री परिषदबाट कार्यबिधि पास नहुदा निकासामा ढिलाइृ भएको बताउनु भयो । पुस पहिलो हप्ता भित्र अन्दानको निकासा आउने आफुहरुलाई खबर आएको उहाँले बताउनु भयो । माबिको आउने निश्चित छ तर प्राबि र निमाबिको शिक्षकको भने भन्न नसकिने उहाँले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,