चोरी मुद्दाका फरार प्रतिवादी १५ वर्षपछि पक्राउ

काठमाडौं – काठमाडैंको बौद्धबाट चोरी मुद्दाका फरार एक प्रतिवादी १५ वर्षपछि पक्राउ परेका छन् ।दोलखाको भिमेश्वर नगरपालिका घर भई काठमाडौंको बौद्ध बस्ने ४१ वर्षीय दीपक श्रेष्ठलाइ पक्राउ गरेको हो ।
काठमाडौं जिल्ला अदालतले ०६३ पुस २३ गते चोरी मुद्दामा उनीविरुद्ध ५८ वर्ष कैद सजाय सुनाएको थियो ।शनिबार पक्राउ परेका उहाँलाई फैसला कार्यन्वयनको लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो ।

