Connect with us
Kapilvast Forest

सोमबार सार्वजनिक बिदा

२०७७, ४ माघ आईतवारमा प्रकाशित

जनकपुरधाम – प्रदेश २ मा सोमबार सार्वजनिक बिदा हुने भएको छ । मधेश आन्दोलन स्मृति दिवस मनाउन भन्दै प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको हो ।

प्रदेश २ सरकार गठन भएपछि मधेश आन्दोलन स्मृति दिवस मनाइँदै आएको छ । पहिलो स्मृति सिराहाको लहानमा, दोस्रो स्मृति दिवस पर्साको वीरगञ्जमा मनाइएको थियो ।यस पटकको मधेश आन्दोलन स्मृति दिवस प्रदेशको अस्थायी राजधानी जनकपुरधाममै मनाइने भएको छ ।

२०६३ साल माघ ५ गते सिराहाको लहानमा विद्यार्थी रमेश महतोको गोली प्रहारबाट ज्यान गएपछि मधेश आन्दोलन उग्र बनेको थियो । यही दिनको स्मरणमा प्रत्येक वर्ष मधेश बलिदानी दिवस मनाइँदै आएको छ ।

तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) को सरकार बनेपछि सरकार आफैंले मधेश आन्दोलन स्मृति दिवस मनाउन सुरु गरेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,