Connect with us
Kapilvast Forest

संवैधानिक इजलासमा सवाल-जवाफ : प्रधानमन्त्रीले संसद् विघटन गर्न नसक्ने

२०७७, ४ माघ आईतवारमा प्रकाशित

sarbocha adalat

काठमाडौं -प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आइतबार संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।रिट निवेदकका तर्फबाट अधिवक्ता सन्तोष भण्डारीले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षका लागि भएकाले प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार नभएको दाबी गरेका छन् ।

त्यस्तै अधिवक्ता गिरिराज भट्टले विगतमा गिरिजाप्रसाद कोइरालाले आफूसँग भएको अधिकार प्रयोग गरेर तत्कालीन राजालाई विघटन सिफारिश गरिएपछि प्रतिनिधिसभा विघटन भए पनि अहिले नेपालको संविधानमा त्यो व्यवस्था नभएको जिकिर गर्नु भयो ।

वरिष्ठ अधिवक्ता डा भीमार्जुन आचार्यले वर्तमान संविधानमा प्रतिनिधिसभा विघटन गर्ने अधिकारबारे कहीँकतै उल्लेख नगरिएको दाबी गर्नु भएको छ ।

अधिवक्ता आचार्यले पहिलो प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष पूरा भएको अवस्था र संविधान अनुसार सरकार गठन हुन सक्ने अवस्था नभएको खण्डमा मात्र प्रधानमन्त्रीले संसद विघटन गर्न सक्ने व्यवस्था संविधानमा भएको बताउनुभयो । उहाँनले अन्य अवस्थामा प्रतिनिधिसभा विघटन हुनै नसक्ने दाबी प्रस्तुत गरेर्नु भयो ।

संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नै नदिएको जिकिर पटकपटक दोहोर्याए । अधिवक्ता आचार्यले प्रधानमन्त्रीलाई अधिकार नै नभएको दाबी गर्दै गर्दा बहसमा सहभागी न्यायाधीशले संविधानको धारा ७६ को कसले उपयोग गर्छ भन्दै प्रश्न गर्नु भएको छ । संविधानको धारा राम्ररी पढ्नसमेत न्यायाधीशले आचार्यलाई सुझाएउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,