Connect with us
Kapilvast Forest

नवलपुरमा यस वर्ष पाँच प्रजातिका नयाँ चरा देखिए

२०७७, ४ माघ आईतवारमा प्रकाशित

कावासोती- नवलपरासी पूर्व (नवलपुरमा) यस वर्ष ५ प्रजातीका नयाँ चरा देखापरेको छ । चितवन राष्ट्रिय निकुञ्ज तथा जिल्लाको मध्यवर्ती क्षेत्र अन्तर्गत नारायणी नदी आसपास क्षेत्रमा गरिएको चरा गणनामा यस वर्ष लालठुडेँ हाँस, पानी चाह, चित्राङग, कैलो टाउके हाँस र माल चरी गरी पाँच प्रजातिका नयाँ चरा देखापरेको हो ।

हालै सम्पन्न चरा गणनाको तथ्याङ्क अनुसार यस वर्ष जिल्लामा ४६ प्रजातीका चरा देखापरेको पश्चिम सेक्टर चितवन राष्ट्रिय निकुञ्जका पंक्षी गणना संयोजक डिबि चौधरीले जानकारी दिनुभयो ।

यस्तै यसवर्ष जलेवा चराको सख्यामा वृद्धि भएको चौधरीले बताउनुभयो । यो वर्ष जलेवा चरा २ हजार ८ सय १७ भेटिएका छन जुन गतवर्षको भन्दा २ हजार ६ सय ८९ संख्याले बढी हो । त्यस्तै यस वर्ष संख्या वृद्धि हुने चरामा पानी गाैँथली र नेपाली हरिहाँस छन् । पानी गौँथली गतवर्षको तुलनामा यस वर्ष एक हजार ६ सय १४ ले र नेपाली हरिहाँस ८७ संख्यामा वृद्धि भएको चौधरीले बताउनुभयो । त्यस्तै यसवर्ष चखेवाको संख्यामा कमी भएको छ । यसवर्ष पाँच हजार ५ सय ७६ भेटिएको चखेवा गतवर्ष ६ हजार ३ सय १२ देखापरेको थियो ।

चरा गणनाको लागि जिल्लाको गैडाकोट सिख्रौलीदेखि त्रिवेणीसम्म चरा रहेका क्षेत्रलाई ३ भागमा बाँडेर गणना गरिदैछ । चरा गणकहरुको समूहले जलपंक्षीहरुलाई टेलिस्कोप र वाइनाकुलर सहायताले गणना गर्ने गर्दछन् । चितवन राष्ट्रिय निकुञ्ज, जटायु रेष्टुरेण्ट व्यवस्थापन समिति, सिबिएपियु, अप्याक्क लामिचौर मध्यवर्ती उपभोक्ता समितिलगायत संरक्षणकर्मी र सरोकारवालाको उपस्थितिमा चरा गणना गरिएको हो ।

जलपंक्षीको संख्या,वासस्थानको अवस्था, वासस्थानमा समस्या छ/छैन, चराको गतिविधि बुझ्न र संरक्षणको लागि के गर्न सकिन्छ भन्ने विषयमा निष्कर्ष निकाल्नका लागि नेपालमा प्रत्येक वर्ष गणना हुँदै आएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,