Connect with us
Kapilvast Forest

आन्दोलनले मात्रै भएन एकपटक लाठी खान मन छ : प्रचण्ड

२०७७, ४ माघ आईतवारमा प्रकाशित

काठमाडौं – नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवेग र आक्रामक आन्दोलन गर्न युवा विद्यार्थीहरुलाई निर्देशन दिनुभएको छ । आन्दोलनको अग्रमोर्चामा आफू पनि हुने उनहाँले बताउनुभयो ।

आफू सम्वद्ध अनेरास्ववयूको भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो ‘शाकाहारी आन्दोलनले पुग्ने देखिएन । हाम्रो आन्दोलन आवेगमय हुनुपर्‍यो । आक्रामक हुनुपर्‍यो । बाघ र सिंह गर्जिए जस्तो हुनुपर्‍यो । प्रतिक्रान्तिकारीको मुटु हल्लिनुपर्‍यो ।’

आन्दोलनको अग्रपंत्तिमा आफूसहितका नेताहरु पनि रहने समेत उनहाँले बताउनुभयो । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले अघि भन्नुभयो , टाउको चिलाएको हो कि के हो, एक पटक लाठी खान मन छ ।’ कार्यकर्ताको रक्षाका लागि आफू टाउको फुटाउन तयार रहेको, तर प्रतिगमनलाई कुनै हालतमा सफल हुन नदिने उनहाँले बताउनुभयो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,