तिलौराकोट साझेदारीले बाड्यो ३ सय क्युन्टल बढी दाउरा

कपिलवस्तु –
जाडो बढे पनि पालिकाहरुले कु्नै चासो नलिए पछि कपिलवस्तु स्थित तिलौराकोट साझेदारीले २ पालिकामा ३ सय क्युन्टल बढी दाउरा बाडेको छ । आफनो कार्यक्षेत्रमा पर्ने कपिलवस्तु नगरपालिका र यशोधरा गाउपालिकाका गाउ र चोक चोकमा दाउरा बाडिएको हो । लगातारको बोक्लो हुस्सु र शीतलहरले एक साता यता जाडोले जनजीवन कष्टकर बने पछि आफुहरुले पहल गरी दुई पालिकामा ३ सय क्युन्टल बढी दाउरा बाडेका साझेदारीको अध्यक्ष जय प्रकाश पाण्डेयले बताए । ‘ चोक चोकमा खटिएका प्रहरी र स्थानीयबासी जाडोले गर्दा मर्कामा परे पछि हामीले दाउरा बाडेका हौ ’ उनले भने । गत बर्ष सम्म पालिकाहरुले दाउरा बाडेका थिए । यस बर्ष जाडो बढे पनि दाउरा बाडन कुनै चासो नदिए पछि साझेदारीले नै दाउरा बाडन अगैसरता देखाएको हो । कपिलवस्तु नगरपालिका वडा नम्बर ३ भिक्षुचोकका बिजय शर्माले जाडो बढेर जनजीवन कष्टकर हुदा पनि पालिकाहरुले कुनै मतलब नराखेकामा दुःख ब्यक्त गर्दै दाउरा बाडेकोमा तिलौराकोट साझेदारीलाई धन्यबाद दिए । जनताको हरपल सेवा गर्नै नाममा भोट लिएका जनप्रतिनिधिहरुको कार्यहरुलाई नजिकैबामट नियालेको उनले बताए । ‘ जनताको दुःख कष्ट जनप्रतिनिधहरुले देखेनन, साझेदारीले देख्यो यसका लागि धन्यबाद छ ’ शर्माले भने । तिलौराकोट साझेदारीले संचालन गरेका सह मिलका ब्यवस्थापक ध्यानेन्द्रमणि त्रिपाठीले बाडेको दाउरको लाग्ने रकम सरकारी कोषमा जम्मा गरिएको बताए । जाडे बढे भने थप दाउरा समेत बाडिने उनले बताए ।

