Connect with us
Kapilvast Forest

राष्ट्रियताको साझा मनोविज्ञान खेलकुद: मन्त्री थापा

२०७७, २० फाल्गुन बिहीबारमा प्रकाशित

प्युठान- राष्ट्रियताको सवालमा खेलकुद क्षेत्रले साझा मनोविज्ञान बनाउन भुमिका खेल्ने खानेपानी तथा सरसफाई मन्त्री मणिचन्द्र थापाले बताएका छन्। सरुमारानी गाउँपालिकास्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्धघाटन गर्दै मन्त्री थापाले भने ‘खेलाडी मार्फत देसको पहिचान हुने गर्छ। जस्तै सन्दिप लामिछाने, पारस खड्का, पेले, मेस्सी, रोनाल्डो आदीलाई हामी लिन सक्छौं।’

खेलकुद क्षेत्रको विकासमा नेपाल सरकार प्रतिबद्ध रहेको बताउँदै मन्त्री थापाले भने, ‘खेलाडी नै सबैभन्दा बढी धनि हुने गर्छन्।’ उनले भने, ‘प्यूठान सहित देसका हरेक कुनाकाप्चाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म प्रतिनिधित्व गर्नेसक्ने खेलाडीको उत्पादन गर्न हामी सबै लागौं।’ सरुमारानी गाउँपालिकाको आयोजनामा सरुमारानी -२ मैदानमा रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो।

प्रतियोगितामा पालिकाभित्रका २३ वटा सामुदायिक विद्यालयका खेलाडीहरुको सहभागिता रहेको सरुमारानी गाउँपालिका स्तरिय खेलकुद विकास समिति संयोजक भरत एम.सी.ले जानकारी दिए। सहभागि सबै बिद्यार्थीले शिल्ड,मेडल र प्रमाणपत्र पाउनेछन् भने उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरमा सहभागी गराइने र त्यसपछि प्रदेशमा सहभागिता गराईने एमसीले बताए। प्रतियोगितामा भलिवल, हाईजम्प, लङजम्प, त्रिपलजम्प, दौड, ज्याभ्लिन थ्रो लगायतका खेल हुँदैछन् ।

प्रतियोगिता शनिबारसम्म चल्ने आयोजकले जनाएको छ। प्रतियोगिताको उद्धघाटन सत्रमा लुम्बिनी प्रदेस सांसद हरि प्रसाद रिजाल, गाउँपालिका प्रमुख झगबहादुर विश्वकर्मा, प्रमुख जिल्ला अधिकारी खिमराज भुषाल, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, शिक्षक तथा विधार्थी खेलाडीहरुको उपस्थिति रहेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu