Connect with us
Kapilvast Forest

कपिलवस्तु महाराजगंजको आठौँ नगर सभा सम्पन्न

२०७७, २० फाल्गुन बिहीबारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुको महाराजगंज नगरपालिकाको आठौँ नगर सभा सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा सम्पन्न भएको नगरसभाले विभिन्न योजना पारित गरेको छ । नगर सभालाई सम्बोधन गर्दै नगर प्रमुख अब्दुल कलामले विकासको गति बढेको बढेको बताउनु भयो ।

महाराजगंजको मुख्य सडकहरु कालोपत्रे हुने कार्य अन्तिम चरणमा पुगेको बताउनु भयो । नगरसभाले केही नया योजना थप गरेको नगर प्रमुख अब्दुल कलामले जानकारी दिनुभयो । महाराजगंजलाई किचड मुक्त नगरपालिका बनाउने उदेश्यले प्रत्येक गाँउमा आरसिसि पिसिसि योजना सञ्चालन गरेको नगर प्रमुख कलामले बताउनु भयो ।

नगरसभामा वडाअध्यक्षहरुले वडाको विकासको बारेमा जानकारी दिएका थिए । महाराजगंज नगरपालिकाको शिक्षा, स्वास्थ्य, प्रशासन, लेखा, राजस्व लगायत शाखाको प्रगती प्रस्तुत गरीएको महाराजगंज नगरपालिकाको उप प्रमुख शुभावती कुर्मीले जानकारी दिनुभयो ।

न्यायिक समिति लगायत अन्य शाखाले समाजमा राम्रो प्रभाव गरेको नगर उप प्रमुख कुर्मीले बताउनु भयो ।
नगर सभामा प्रत्यक नगरसभाका सदस्यहरुले आफनो गाँउ ठाउको बारेमा नगरपालिकाले गरेको कार्यको बारेमा जानकारी गराएको महाराजगंज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेलले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu