Connect with us
Kapilvast Forest

प्रेस संगठनको जिल्ला भेला सम्पन्न, संयोजकमा रायमाझी

२०७७, २० फाल्गुन बिहीबारमा प्रकाशित

भैरहवा, २० फागुन । प्रेस संगठन नेपाल रुपन्देहीको जिल्ला भेला बुटवलमा सम्पन्न भएको छ । जिल्ला भेलाको उद्घाटन गर्दै प्रमुख अतिथी लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले पत्रकारिता जगत सधैं सत्य र न्यायको पक्षमा हुनुपर्ने बताए ।

संगठनका जिल्ला सहसंयोजक कमल रायमाझीको अध्यक्षतामा सम्पन्न भेलामा प्रेस संगठन नेपालका केन्द्रिय पुर्व अध्यक्ष समेत रहेका बरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईले पत्रकारले गलतलाई गलत भनेर भन्न सकेन भने त्यो पत्रकार नै हु्न नसक्ने बताए ।

सो अवसरमा नेकपा रुपन्देही अध्यक्ष राजु गुरुंगले रुपन्देहीमा पत्रकारीता क्षेत्रले राजनीतिक दल र राजनीतिकर्मिलाई समेत सचेत गराउदैं आएकोमा खुसी लागेको बताए । उनले पत्रकारहरुको महत्वपूर्ण भूमिकाकै कारण संसद पुर्नस्थापना भएको पनि बताए । नेकपा रुपन्देही सचिव निर्मल जि.सीले प्रेस संगठनको भूमिका हिजो जत्ति महत्वपूर्ण थियो त्यो भन्दा बढी आज भएको बताए ।

भेलामा शुभकामना मन्तब्य राख्दै नेपाल पत्रकार महासंघ प्रदेश सदस्य समेत रहेका प्रेस यूनियनका नेता विक्रम खड्काले आसन्न पत्रकार महासंघको निर्वाचनमा प्रतिगमन विरुद्ध पक्षधरहरुबीच सहकार्य गरेर अगाडी बढ्ने बताए ।

पत्रकार महासंघ रुपन्देही अध्यक्ष यानेन्द्र जिसीले नेपाल पत्रकार महासंघले प्रतिगमनको विरुद्ध आवज उठाउन देशभरका पत्रकारलाई आहवन गरेको बताउदैं प्रेस संगठनमा आवद्ध साथिहरुको भूमिका महत्वपूर्ण देखिएको बताए ।

संगठनका केन्द्रिय सदस्य घनश्याम गौतमले नेपाली पत्रकारिताको ईतिहांसमा विगतदेखि नै प्रेस संगठनले राष्ट्र र राष्ट्रीयताको विषयमा कहिल्यै सम्झौता नगरेको बताए ।

कमल रायमाझीको अध्यक्षता, विनोद परियारको सन्चालन र शंकर पान्डेको स्वागतमा सम्पन्न कार्यक्रममा बरिष्ठ पत्रकार विनोद पहाडी, प्रेस संगठनका लुम्बिनी इन्चार्ज विकास बन्जाडे, प्रदेश संयोजक मानसिंह विश्वकर्मा, सहसंयोजक रुद्रहरी कुवर, गुनाराम घिमिरे, प्रदेश सचिव नरेश के.सी, संगठनका नेताहरु भुवन कार्कि, ओम पंगेनि, विन्दुकुमार चौहान, सरु राना , शरण कर्माचार्य, प्राध्यापक तथा लेखक रिसीराम भुसाल, अग्रज पत्रकारहरु सिद्धिचरण भट्टराई, गुरुदत्त ज्ञवाली, भरत भुसाल, भिस्म पन्थि, रिर्पोटस क्लबका अध्यक्ष रामकुमार क्षेत्री, पर्यटन पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव कपिल ज्ञवाली, जन पत्रकार संगठन अध्यक्ष शिब डुम्रे, राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनी अध्यक्ष चिन्ता परियार लगायतको आतिथ्यता रहेको थियो ।

रायमाझीको संयोजकत्वमा प्रेस संगठन पुर्नःगठन

प्रेस संगठन नेपाल रुपन्देहीको उद्घाटन सत्र पश्चात सन्चालित बन्द सत्रले संगठनका सहसंयोजक कमल रायमाझीलाई संयोजक चयन गरेको छ ।

बन्द सत्रको अध्यक्ष मन्डलका सदस्य समेत रहेका अधिवक्ता ओम पंगेनिले दिएको जानकारी संगठनको केन्द्रिय संगठानात्मक ढांचा अनुसार संयोजकमा कमल रायमाझी , सहसंयोजकमा विनोद परियार र सचिवमा शंकर पान्डे सर्वसम्मत रुपमा चयन भएका हुन् । संयोजक रायमाझी लुम्बिनीखबर पत्रिकाका सम्पादक हुन् भने सहसंयोजक परियार नागरिक दैनिकका बुटवल सम्बादाता हुन् । यसैगरी सचिव पान्डे रुपन्देही एफ एमका स्टेशन म्यानेजर हुन् ।

यसैगरी संगठनको सदस्यहरुमा भरत पान्डे, कपिल अधिकारी, टक सुनार, राज चौधरी, मोहन न्यौपाने, प्रतिक पौडेल, मनोज क्षेत्री, राधा बस्नेत, जितेन्द्र थारु, अम्बिका परियार, सन्जय गुरुंग, पार्वति न्यौपाने, गोम बहादुर के.सी, सावित्रा घिमिरे, जगलाल नेपाल, अन्जना चौहान, कृष्ण गाउले, सचिन चौधरी, कृष्ण रणपाल, शनिकुमार पाठक, दिपक जयसवाल, निर्मल थापा, विष्णु पोखरेल, भरत नेपाली सर्वसम्मत रुपमा चयन भएका छन् ।

नया नेतृत्वलाई संगठनका प्रदेश संयोजक मानसिंह विश्वकर्माले सपथ ग्रहण गराएका थिए ।

बन्दसत्रमा संगठनका प्रदेश इन्चार्ज विकास बन्जाडे, संगठनका केन्द्रिय नेता विनोद पहाडी, सिद्धिचरण भट्टराई, भुवन कार्कि, घनश्याम गौतम लगायतले बधाई मन्तब्य राख्दै नया नेतृत्वले नया जोश र उमंगका साथ काम गर्ने विश्वास व्यक्त गरे । शुभकामना दिदैं वक्ताहरुले प्रतिगमनको विरुद्ध सशक्त रुपमा उभिन नया नेतृत्व अझै सफल हुने पनि बताए ।

घनश्याम गौतम, भुवन कार्कि, विन्दुकुमार चौहान, ओम पंगेनी, नरेश के.सी, सरु राना र गुनाराम घिमिरे सहितको ७ सदस्यीय अध्यक्ष मन्डलले नया नेतृत्व चयनकोलागि भूमिका खेलेका थिए ।

यसैबीच प्रेस संगठन रुपन्देहीको भेलाले संगठनको प्रदेश सदस्यमा दीपक गलामी, हिक्मत चौधरी, पशुपति यादव, माया के.सी, सन्जय सौगात, प्रकाश न्यौपाने, पुनहरी बेलबासे, उषा के.सी, कल्पना घिमिरे र प्रदीप जिसीलाई सिफारिश गरेको छ ।

यसैबीच प्रेस संगठन नेपाल रुपन्देहीले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा प्रतिगमनको विपक्षीमा उभिएका पत्रकार संघसंगठनबीच सहकार्य गरेर अगाडी बढ्ने, प्रतिगमन विरुद्ध सहकार्य गर्नेहरुलाई धन्यवाद दिने , श्रमजीवि पत्रकारलाई विभिन्न बहानामा मिडीया हाउसले हटाउने कार्यको विरोध गर्ने, सरकारी सन्चार गृहहरुले प्रतिगमन विरुद्धमा लागेकै कारण सम्बाददाताहरुलाई धम्काउने, मानासिक तनाब दिने कार्य गरेकोप्रति आपत्ति जनाउने र उनीहरुको रोजगारीको ग्यारेन्टीकोलागि पहल गर्ने एवं लोककल्याणकारी विज्ञापनलाई समानुपातिक ढंगले बितरण गर्न माग गर्ने , बरिष्ठ पत्रकार बालकृष्ण चापागाईले बौद्ध दर्शन र सञ्चार विषयमा विद्याबारिधी हासील गर्नु भएकोमा बधाई ज्ञापन गर्ने र अग्रज पत्रकार कृष्णसेन इच्छूक, हृदयचन्द्र सिंह, अग्निशीखा लगायत दिवंगत पत्रकारहरुप्रति हार्दिक श्रदा सम्मान व्यक्त गर्ने गरी रुपन्देही घोषणापत्र समेत जारी गरेको छ । संगठनले घोषणापत्र तयारीकोलागि संगठनका केन्द्रिय सदस्य रुद्रहरी कुवरको संयोजकत्वमा भिस्म पन्थि र माया के.सी सदस्य रहेको तीन सदस्यीय समिती समेत गठन गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu