Connect with us
Kapilvast Forest

कपिलवस्तुमा दुई अस्पाताल उद्घाटन

२०७७, २१ फाल्गुन शुक्रबारमा प्रकाशित

सनिउल्ला धोबी,कपिलवस्तु -कपिलवस्तुको चन्द्रौटामा दुई अस्पातालको उदघाटन भएको छ । कपिलवस्तुको शिवराज नगरपालिकामा नव निर्मित आधारभुत स्वास्थ्य सेवा अस्पाताल र नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन भएको छ ।

अस्पातल खुलेपछी यस क्षेत्रका नागरिक खुुसी भएका छन । अस्पातलको उदघाटन गर्दे कपिलवस्तु क्षेत्र नं ३ (क) का लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले यस क्षेत्रका नागरिकहरुको स्वास्थ्य सेवामा पहुत पर्याउनका लागि अस्पातल निर्माण गरिएको बताउनु भयो ।
यहाँको नागरिक सदैव स्वास्थ्य सेवाबाट बन्चित हुदै आएकोले लुम्बिनी प्रदेश सरकारको सहयोगले अस्पाताल निर्माण गरी स्वास्थ्य सेवा प्रवाह गरिने प्रदेश सभा सदस्य केसीले बताउनु भयो ।

कोभिड १९ कोरोना आइसोलेशन अस्पातालको रुपमा निर्माण गरिएको उक्त भवनलाई आधारभुत स्वास्थ्य सेवाको रुपमा विकास गरीएको शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले बताउनु भयो । दुवै अस्पाताल एकै स्थानमा भएकोले नागरिकहरुलाई सेवा प्रवाह गर्न दक्ष डाक्टरको व्यवस्था गरिएको नगरप्रमुख अधिकारीले बताउनु भयो । नागरिक आरोग्य सेवा केन्द्रको सेवा सुविधा विस्तार गर्दै लैजाने नगर प्रमुख अधिकारीले प्रतिबद्धता व्यक्त गर्नु भयो ।

शिवराज नगरपालिका चन्द्रौटामा रहेको नल्कुपको क्षेत्रमा ७६ लाख भन्दा बढीको लागतमा अस्पातालको निर्माण गरिएका हो । आधारभुत स्वास्थ्य सेवा अस्पाताल र नागरिक आरोग्य सेवा केन्दमा आकास्मित सेवा २४ सै घण्टा सञ्चालनको तयारी रहेको शिवराज नगरपालिकाले जनाएको छ ।

उक्त अस्पातालमा १ जना मेडिकल अफिसर, ३ जना स्टाप नर्स, १ जना परामिडिक्स र १ जना ल्याब टेक्नीसियनले सेवा दिनेछन । त्यस्तै नागरिक आरोग्य केन्द्रमा १ जना मेडिकल अफिसर रहेका छन । अस्पातल खुलेपछी यस क्षेत्रका नागरिक खुुसी भएका छन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu