Connect with us
Kapilvast Forest

२ रुपैयाँ ५२ पैसा खर्च गरेर २ रुपैयाँको १० करोड थान सिक्का छाप्दै सरकार

२०७७, २१ फाल्गुन शुक्रबारमा प्रकाशित

काठमाडौं-सरकारले २ रुपैयाँ अंकित १० करोड थान सिक्का छाप्ने भएको छ । नेपाल राष्ट्र बैंकले २ रुपैयाँ अंकित १० करोड थान सिक्का छाप्नका लागिका बिहीबार बेलायतको द रोयल मिन्ट कम्पनीको नाममा आशयपत्र जारी गरेको हो ।

बैंकले कुल एक सय मिलियन अर्थात् १० करोड थान सिक्का छाप्नका लागि १६ लाख ६४ हजार पाउन्ड खर्च गर्ने जनाएको छ । जस अनुसार आजको विनिमय दर पाउण्डसँग बैंकको खर्च हिसाब गर्दा १० करोड सिक्काका छाप्नका लागि कुल २५ करोड २२ लाख ८९ हजार ४० रुपैयाँ लाग्ने देखिन्छ । जसलाई प्रति सिक्का छपाई खर्च निकाल्दा कुल खर्चलाई १० करोडले भाग गदा न्यूनतम एक सिक्काको खर्च २ रुपैयाँ ५२ पैसा निस्कन्छ ।

यो हिसाबले बैंकले छाप्न खोजेको २ रुपैयाँको एउटा सिक्काको खर्च २ रुपैयाँ ५२ पैसा पर्ने देखिन्छ । त्यसो त सरकारले यसअघि १ रुपैयाँको सिक्का छाप्नका लागि प्रति सिक्का अधिकतम २ रुपैयाँ ३५ पैसा खर्च गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu