Connect with us
Kapilvast Forest

सम्बन्ध बिग्रिएपछि प्रेमीको हत्या, अभियुक्त महिला सार्वजनिक

२०७७, २१ फाल्गुन शुक्रबारमा प्रकाशित

छोराको हत्या गरेको अरोपमा ११ वर्षपछि बुवा पक्राउ

धनगढी-कैलालीको गोदावरी नगरपालिका–५, गेटीमा एकजना स्थानीय व्यापारीको हत्या घटना उनकै प्रेमिकाको योजनामा भएको खुलेको छ । प्रहरीले हत्याको अभियोगमा एक युवतीलाई सार्वजनिक गरेको छ । गेटीका ३६ वर्षीय शिवचरण रानाको गत १५ फागुनमा टाउकोमा धारिलो हतियार प्रहार गरी बीभत्स हत्या भएको थियो ।

रानाको शव निर्माणाधीन गेटा मेडिकल कलेजनजिकै नालीमा फालेको अवस्थामा फेला परेको थियो । रानाको हत्या उनकी प्रेमिकाको योजनामा भएको खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । हत्याको अभियोगमा स्थानीय ३७ वर्षीया जयन्ती चौधरीलाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

विवाहित दुवैजनाबीच लामो समयसम्म प्रेमसम्बन्ध रहेको र सम्बन्धमा खटपट सुरु भएपछि चौधरीले रानाको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनुपमशमशेर जबराले बताए । हत्याको केहीअघि दुवैजनाको अनैतिक सम्बन्ध खुलेपछि गाउँले बसेर दुई लाख रुपैयाँ लेनदेनमा मेलमिलाप गराएको बुझिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार घटनाबारे समाजमा थाहा भएर मेलमिलाप गरिएपछि दुवैजनाबीचको सम्बन्ध टुटेको थियो । तर, केही समयपछि दुवैजना पुनः नजिकिएका थिए । नजिकिए पनि दुवैबीच एक–अर्काप्रति अविश्वास बढेको थियो । रानाको सम्बन्ध आफूभन्दा बाहेकका महिलासँग पनि रहेको थाहा पाएपछि विक्षिप्त भएर जयन्तीले उनको हत्या गरेको खुलेको प्रहरी उपरीक्षक जबराले बताए । आफैँले हत्या गर्न नसकेपछि जयन्तीले दुईजना आफन्त लगाएर हत्या गरेको बयान दिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार ती दुवै आरोपी फरार छन् ।

जयन्तीले आफ्ना दुईजना नातेदारलाई पैसा दिएर हत्या गर्न लगाएको प्रहरी उपरीक्षक जबराले बताए । ‘अभियुक्तले यसअघि पनि हत्याको प्रयास गरेका रहेछन्, तर सफल हुन सकेनन्,’ प्रहरी उपरीक्षक जबराले भने, ‘संलग्न दुवैजना फरार छन्, उनीहरूको खोजी भइरहेको छ ।’ जयन्तीले आफ्नै योजनामा हत्या भएको स्वीकार गरेकी प्रहरीको दाबी छ ।

१५ फागुनको बिहान ४ बजेतिर पसलबाट भैँसी दुहुन घर जाने क्रममा रानाको हत्या गरेको बयान जयन्तीले दिएकी प्रहरीले पत्रकार सम्मेलनमा जनाएको छ । विवाहित भएकाले दुवैजनाको अनैतिक सम्बन्धले पारिवारिक झगडासमेत हुने गरेको प्रहरीको भनाइ छ । रानासँगको अनैतिक सम्बन्धबारे जयन्तीका श्रीमान्लाई थाहा रहेको र यस विषयमा उनीहरूबीच झगडा पनि हुने गरेको बताइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu