Connect with us
Kapilvast Forest

आइतबारदेखि नारायणगढ-मुग्लिङ सडक दिउँसोमा साढे ४ घण्टा बन्द हुने

२०७७, २१ फाल्गुन शुक्रबारमा प्रकाशित

फाइल तस्वीर नारायणगढ–मुग्लिन सडक

चितवन -नारायणगढ-मुग्लिङ सडकखण्ड आउँदो आइतबारदेखि एक सातासम्म दिउँसोको समयमा साढे ४ घण्टा बन्द हुने भएको छ ।मुग्लिन नारायणगढ सडक आयोजना कार्यालयका अनुसार फागुन २३ गतेदेखि २९ गतेसम्म बिहान १०.३० देखि ३ बजेसम्म सडक दुइतर्फी रूपमै बन्द हुनेछ ।

यो सडक खण्डको चारकिलोमा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सडक बन्द गर्न लागिएको आयोजनाले जनाएको छ । सो अवधिभर नारायणगढ तर्फबाट गएका सवारी साधन जलबिरे र मुग्लिङतर्फबाट आउने सवारी साधनलाई मुग्लिङ नजिक शान्तिबजारमा रोकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीले त्यस अवधिमा सम्भव भएसम्म वैकल्पिक सडकमार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu