Connect with us
Kapilvast Forest

विप्लव नेतृत्वको नेकपाका सेती महाकाली इन्चार्ज रिहा

२०७७, २२ फाल्गुन शनिबारमा प्रकाशित

धनगढी – सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ता भएपछि, कैलाली कारागारमा रहेका सेती महाकाली इन्चार्ज तथा केन्द्रीय सदस्य ओमप्रकाश पुन रिहा हुनु भ्एको छ । उहाँ २०७७ असार ३१ गते कैलालीको धनगढी उपमहानगरपालिकाको कनरीबाट पक्राउ पर्नु भएको थियो ।

प्रहरीले उहाँले बोकेको झोलामा हतियार भेटिएको भन्दै हातहतियार, खरखजाना मुद्दा दर्ता गरेको थियो। सोही मुद्दामा, जिल्ला अदालत कैलालीले गत साउनमा ५० हजार रकम धरौटी माग गरेको थियो।

धरौटी नबुझाएपछि, उहाँलाई साउनमा कैलाली कारागार पठाइएको थियो। शुक्रबार भने उहाँले ५० हजार धरौटी जम्मा गर्नु भएको छ । पुनसँगै कैलाली कारागारमा रहेका विप्लवकै सेती महाकाली ब्युरो सदस्य विवेक कुमाल पनि शुक्रबार रिहा हुनु भएको छ । उहाँलाई, हातहतियार खरखजानासम्बन्धी तीनवटा मुद्दा लगाइएको थियो। उहाँपनि ५० हजार धरौटी बुझाएर रिहा हुनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu