Connect with us
Kapilvast Forest

आज कहाँ कहाँ विद्युत कटौती हुन्छ ?

२०७७, २२ फाल्गुन शनिबारमा प्रकाशित

काठमाडौं- मुलुकभरका विभिन्न क्षेत्रमा शनिवार विद्युत कटौती हुँदैछ । मर्मत कार्य चलिरहेको भन्दै नेपाल विद्युत प्राधिकरणले विद्युत कटौती हुने जानकारी दिएको छ ।

प्राधिकरणले विगतमा लोडसेडिङको तालिका नै निकालेर विद्युत कटौती गर्ने गरेको थियो । अहिले पनि लोडसेडिङको झल्को दिने गरी विद्युत कटौती हुन थालेको छ ।

प्राधिकरणले मेन्टिनेन्स सटडाउन सेड्युल भन्दै विद्युत कटौतीको तालिका सार्वजनिक गरेको छ भने एउटा प्रेस रिलिज समेत सार्वजनिक गरेर विद्युत कटौतीबारे जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार, आज लगनखेल वितरण केन्द्र र चापागाउँ सव वितरण केन्द्रबाट विद्युत आपूर्ति हुने क्षेत्रहरूमा विद्युत काटिनेछ । मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म ललितपुरको ढलोट कारखाना, हात्तीवन, एरावत टोल, धापाखेल, हरिसिद्धि लगायतका स्थानमा विद्युत आउने छैनन् ।

यस्तै भरतपुरको चनौली वितरण केन्द्रबाट प्रवाह हुने विद्युत पनि कटौती हुनेछ । प्राधिकरणका अनुसार, विहान ९ बजेदेखि बेलुका ६ बजेसम्म भक्तपुरका विभिन्न क्षेत्रमा बत्ती जानेछन् ।

facebook sharing button Sharemessenger sharing button Sharetwitter sharing button Tweet

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu