Connect with us
Kapilvast Forest

विदेश जाने महिलालाई सिफारिस चाहिने कार्यविधि स्थगित

२०७७, २२ फाल्गुन शनिबारमा प्रकाशित

काठमाडौं-भिजिट भिसामा विदेश जाँदा महिलाले परिवारको सहमति र स्थानीय तहको सिफारिस प्रस्तुत गर्नुपर्ने विवादास्पद प्रस्ताव स्थगित गरिएको छ । नयाँ कार्यविधि तत्कालका लागि स्थगन भएको गृह मन्त्रालय अध्यागमन विभागका निर्देशक टेकनारायण पौडेलले नयाँ पत्रिकालाई जानकारी दिनु भयो  ।

भिजिट भिसामा मानव तस्करी नियन्त्रण गर्न भन्दै गृह मन्त्रालय अध्यागमन विभागले ४० वर्षमुनिका महिलाका हकमा खाडीलगायत देशमा जान परिवारको सहमति र सिफारिस चाहिने कार्यविधि ल्याएको थियो । त्यसले महिलाको स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने मौलिक अधिकारमाथि प्रहार भएको भन्दै व्यापक विरोध भएको थियो । महिलाले विरोधमा विभागअगाडि प्रदर्शनसमेत गरेका थिए । त्यसपछि विभागले कार्यविधि छलफलका क्रममा मात्र रहेको प्रस्टीकरण दिएको थियो । त्यसलाई अब स्थगित नै गरिएको विभागले जनाएको छ ।

विदेश घुम्न जाने सबैले भिजिट बिमा अनिवार्य गर्नुपर्ने प्रस्ताव पनि रोकिएको छ । अध्यागमन विभागले बनाएको नयाँ कार्यविधिमा बिमालाई पनि अनिवार्य गर्न लागिएको थियो । अध्यागमनका अनुसार विदेशमा रहँदा बिरामी भए वा मृत्यु भएमा उपचार तथा शव नेपाल ल्याउने खर्च समेट्ने गरी बिमा ल्याउने तयारी थियो ।

भिजिट भिसामा विदेश गई अलपत्र परेकाहरूको उपचार तथा उद्धारमा कठिनाइ हुने भएकाले त्यसको समाधानस्वरूप बिमाको प्रावधान राख्न प्रस्ताव अघि बढेको थियो । गृह मन्त्रालयले गठन गरेको एक छानबिन समितिको प्रतिवेदनका सुझाबका आधारमा कार्यविधि संशोधन अघि बढेको विभागले जनाएको छ ।

लकडाउनपछि विदेश यात्रा खुलेसँगै ठूलो संख्यामा नेपाली भिजिट भिसामा खाडी देश गएको पाइएपछि त्यसमा छानबिन भएको थियो । त्यसमध्ये अधिकांश काम गर्न संयुक्त अरब इमिरेट्सलगायत देश गएको उजुरी थियो । छानबिनपछि उक्त उजुरी पुष्टि भए पनि त्यसमा दोषी देखिएका कर्मचारीमाथि भने मन्त्रालयले कारबाही गरेन ।

कार्यविधिमा विदेश घुम्न जाँदा न्यूनतम हजार अमेरिकी डलर बोक्नुपर्ने र सटही रसिद नै देखाउनुपर्ने प्रस्ताव पनि छ । विगतमा डलर सटही नगरी कतिपयले छाप मात्रै लगाउने गरेकाले कडाइ गर्न लागिएको होे । दुईतर्फ टिकट, होटेल बुकिङको प्रावधानलाई भने कायमै राखिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu