Connect with us
Kapilvast Forest

बनकसबासामा उज्यालो र प्रगति समूहको नयाँ नेतृत्व चयन

२०७७, २२ फाल्गुन शनिबारमा प्रकाशित

कपिलवस्तु-
कपिलवस्तुको एक सुकुम्बासी बस्तीमा गठित दुई समूहको एउटै कार्यक्रमबाट नयाँ कार्यसमिति सर्वसम्मत गठन गरिएको छ ।
जिल्लाको शिवराज नगरपालिका १, बनकसबासामा गठित उज्यालो र प्रगति समूहको सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो । अधिवेशनबाट उज्यालो स्वावलम्बन समूहमा पुनम पुन अध्यक्ष रहेको ७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । जसको उपाध्यक्षमा गोमा चौधरी, सचिवमा दिलमाया वि.क., सहसचिवमा सपना पौडेल, कोषाध्यक्षमा सम्झना खडका र सदस्यहरुमा सेती गाहा परियार र दिपा आले निर्बिरोध निर्बाचित भएको बताइएको छ ।

यता प्रगति स्वावलम्बन समूहमा विष्णु पुलामी अध्यक्ष रहेको ७ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत निर्बाचित भएका छन् । प्रगति समूहको उपाध्यक्षमा शान्ति पुन, सचिवमा शोभा गुरुङ, सहसचिवमा खीमा कामी, कोषाध्यक्षमा सुमी पुलामी तथा सदस्यहरुमा चमेली वि.क. र माया के.सी. सर्बसम्मत चयन हुनुभएको छ ।

साधारणसभालाई प्रमुख आतिथ्यताको आसनबाट सम्बोधन गर्दै शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी चौधरीले बनकसबासा बाख्रा पालनको पकेट क्षेत्रको सम्भावना रहेको उद्घोष गर्नुभयो । फर्म दर्ता गरी बाख्रापालन व्यवसायलाई व्यवसायिक रुपमा अगाडि बढाउन उपप्रमुख चौधरीले सुझाव दिनुभयो । उपप्रमुख चौधरीले बनकसबासा क्षेत्र आम्दानीको प्रशस्त सम्भावना बोकेको क्षेत्र समेत रहेको औल्याउँदै दुनाटपरी, बाबियो डोरी, जडीबुटी लगायतबाट आर्थिक समृद्धि गर्न सकिने तर्क राख्नुभयो । नगरपालिकाले विभिन्न सीपमूलक कार्यक्रम ल्याएकाले महिला र युवाहरु सीप सिकेर व्यवसायिक बन्न समेत उहाँले सुझाव दिनुभयो । मुख्य राजमार्गक्षेत्रमा पर्ने बस्ती भएपनि सुकुम्बासी भएकै कारण राज्यको विभिन्न सेवा सुविधाबाट बन्चितीकरणमा परेको बस्तीलाई अहिले नगरपालिकाले प्राथमिकतामा राखेको चौधरीले उदृत गर्नुभयो । अहिले स्थानीय महिलाहरु संगठित रुपमा समाजको समृद्धि र विकासको लागि अगाडि बढेकोमा खुशी व्यक्त गर्दै उपप्रमुख चौधरीले स्थानीयको सक्रियता रहेमा यस बस्तीमा विकासको लहर आउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा शिवराज नगरपालिका वडा नं. १ का वडाध्यक्ष जगतबहादुर जि.सी.ले सबल नेतृत्व लिई हकहितका लागि स्वावलम्बी भई अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । विभिन्न उतारचढाव पार गर्दै आज यस्तो अवस्थामा आइपुग्दा स्थानीयको सक्रियताले यस क्षेत्रको विकासले कोल्टे फेर्ने वडाध्यक्ष जि.सी.ले विश्वास व्यक्त गर्नुभयो । कुनैबेला खोलाको धमिलो पानी खाएर जीविका चलाएका यहाँको बस्तीमा बोरिङ गाडेर पानीको व्यवस्था गरी ठूलो राहत पु¥याउन सकेकोमा आफूलाई गर्व लागेको समेत वडाध्यक्ष जि.सी.ले बताउनुभयो । त्यसबस्तीमा प्रदेश सरकारको सहयोग सार्वजनिक शौचालय निर्माण भइरहेकाले विकासले केही फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो । आर्थिक उपार्जनमा थप सहयोग गर्न किर्डाक नेपालले समेत ठूलो सहयोग गरेकोमा यस बस्तीको मुहार फेरिने जि.सी.को दाबी छ ।

यता किर्डाक नेपालका जिल्ला संयोजक कृष्ण रावलले स्थानीय तहका हरेक कार्यक्रमको बारेमा जानकारी पाउनु नागरिक अधिकार रहेको बताउनुभयो । “विकास आफैं गर्ने हो, आफ्नो समस्या सुनाउने थलो नै स्थानीय तह र जनप्रतिनिधि हुन् । त्यसैले थाहा पाउन चासो देखाउनु नागरिक दायित्व पनि हो ।” – रावलले भन्नुभयो । पछाडि परेको समुदायलाई माथि उठाउन सशक्तिकरण र व्यवसायिकरणमा केही सपोर्टको कार्यक्रम आफ्नो संस्थाले ल्याएको रावलले उद्घोष गर्नुभयोे । बनकसबासा बाख्रा पालनको प्रमुख सम्भावना बोकेको गाउँ भएकाले फर्म दर्ता गरी व्यवसायिक रुपमा अगाडि बढ्नमा थप सहयोग गर्ने समेत उहाँले आश्वासन दिनुभयो ।

किर्डाक नेपाल तथा स्टोम फाउन्डेसनको सहयोग तथा शिवराज नगरपालिकाको समन्वयमा अहिले शिवराजका विभिन्न स्थानमा “दिगो तथा मर्यादित, सामाजिक, आर्थिक सशक्तिकरण (सिड्स)” कार्यक्रम लागू भएको छ । सोही अन्तर्गत अहिले किर्डाक नेपालले किशोर, किशोरी, बालबालिका तथा आमा समूह मार्फत समुदाय सशक्तिकरणको क्षेत्रमा ठूलो योगदान पु¥याउँदै आएको बताइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu