Connect with us
Kapilvast Forest

शिवराज साझेदारी बनको साधारण सभा सम्पन्न

२०७७, २२ फाल्गुन शनिबारमा प्रकाशित

शिवराज साझेदारी बन व्यावस्थापन समितिको दोस्रो साधारण सभा सम्पन्न भएको । चन्द्रौटामा भएको उक्त साधारण सभामा बनले गरेको प्रगति सहित आयव्याय सहायक बन अधिकृत प्रेम संकर गुप्ताले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले बनमा चोरी तस्करी र अतिक्रमणको समस्यालाई हटाउने नयाँ योजना बनाउनुपर्ने बताएका छन् । बनमा मुख्यः बन क्षेत्रको अतिक्रमण,अनियन्त्रीत चरिचरण,चोरी निकासी र बन डढेलो मुख्य चुनौती रहेको गुप्ताले बताउनुभयो । वन व्यवस्थित बनाउन साझेदारी बनका सदस्यहरुको सहयोग आवश्यक हुने उहाँले जनाउनुभयो ।


कार्यक्रममा शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले साझेदारी बनले उपभोक्ताहरु सहज रुपमा काठ उपलव्ध गराउनुपर्ने बताउनुभएको छ । कतिपय स्थायिनहरु घर बनाउँदा काठ नपाएर समस्या भएको गुनासो आउने गरेकोले त्यसलाई कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा गम्भीर हुनुपर्ने बताउनुभयो । स्थानिय सरकार बन विच समन्वयनको कमी भएकोले आगामी दिन सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो ।
कपिलवस्तु साझेदारी बनका अध्यक्ष गंगेश तिवारीले सरकारले बन व्यवस्थापनमा समस्या पारिरहेको बताउनुभयो । कहिले काठ बेच्न नदिने त कहिले बैज्ञानीक बनलाई खारेज गरि नियमित काममा असर परिरहेको बताउनुभयो । लामोे समय सम्म काठ उपभोक्तालाई बितरण गर्न नपाइएकोले गुनासो बढेको समेत बताउनुभयो । कार्यक्रममा शिवराज नगरपालिका वडा ५ का अध्यक्ष अर्जुन पाण्डे,पत्रकार सनिउल्ला धोवी बनको सफलताको शुभकामना दिएका छन् । जगदम्विका प्रसाद चौधरीको अध्यक्षतामा रहेको कार्यक्रममा संचालन सहायक बन अधिकृत प्रेम संकर गुप्ताको संचालनमा सम्पन्न भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu