Connect with us
Kapilvast Forest

स्वागत गर्ने प्रतीक्षामा छु : प्रचण्ड

२०७७, २२ फाल्गुन शनिबारमा प्रकाशित

काठमाडौं – नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी शान्तिपूर्ण राजनीतिमा आएकोमा खुसी व्यक्त गरेका छन् । अब विप्लवलाई पार्टीमा स्वागत गर्न चाहेको उनले सुनाए ।

शनिबार पेरिसडाडाँमा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले विप्लव समूहका केही नेताहरुलाई पनि पार्टी प्रवेश गरेका छन् । ‘विप्लव अन्ततः मैले कोरेकै गोरोटोमा आइपुग्नु भएको छ । उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु’ उनले भने, छिट्टै यस्तो कार्यक्रममा स्वागत गर्ने प्रतिक्षामा छु ।’

विप्लव आफूबाट अलग भएपछि आफूले अर्को प्रचण्ड अहिले हुँदैन भन्ने गरेको उनले स्मरण गरे । अहिले विप्लव आफूले हिँडेकै बाटोमा आएकामा खुसी व्यक्त गर्दै उनले भने, ‘मैले उहाँलाई जति बुझेको छु, चिनेको छु । उहाँ अन्तत, यही लाइन र यही टिममा आउनैपर्छ ।’

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu