Connect with us
Kapilvast Forest

बाल अपाङ्ग टेवा संस्थाद्धारा ह्विल चियर वितरण

२०७७, २२ फाल्गुन शनिबारमा प्रकाशित

सागर पौडल कपिलवस्तु- बाल अपाङ्ग टेवा संस्थाले कपिलवस्तुका तीनवटा स्थानिय तहका अपाङ्गता भएका व्यक्तिहरुलाई ह्विल चियर प्रदान गरेको छ । कपिलवस्तुको बुद्धभुमि नगरपालिका, शिवराज नगरपालिका, कपिलवस्तु नगरपालिका र वाणगंगा नगरपालिकाका अपाङ्गता भएका व्यक्तिहरुलाई ह्विल चियर प्रदान गरेको हो ।

बुद्धभुमि नगरपालिकाको गोरुसिँगेमा आयोजित एक कार्यक्रमका साथ उनीहरुलाई सो ह्विल चियर वितरण गरिएको छ । कार्यक्रममा बुद्धभुमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले नगरपालिकासँगको समन्वयमा बाल अपाङ्ग टोवा संस्थाले गरेको यो कार्यक्रम सराहनिय रहेको भन्दै नगरपालिकाले पनि नगरको लक्ष्ति वर्गको कार्यक्रममा यस्ता कार्यक्रम संचालन गरिरहेको बताए । उनले आगामी दिनमा पनि लक्षित वर्गका कार्यक्रम संचालन गर्नका लागि विभिन्न संघ संस्थाहरुसँगको समन्वयलाई जोड दिइने पनि बताए ।

त्यस्तै कार्यक्रममा बाल अपाङ्ग टेवा संस्थाकी अभियान्ता ज्ञानुमाया रणपालले ह्विल चियरमै बसेर विभिन्न कार्यक्रम संचालन गरेका आफ्ना साथिहरुको माध्यमबाट बुद्धभुमिका आपाङ्गता भएकाहरुलाई वितरण गर्ने प्रयास गरेको बताइन् । सर्वाेच्च शिखर सगरमाथा आरोहण गर्न सफल कपिलवस्तुकी साहसिक रणपाल अहिले भने सामाजिक अभियानका कार्यक्रममा समेत व्यस्त रहेकी छिन् ।

त्यस्तै संस्थाका फाउण्डर चियरमेन डेन्डी शेर्पाले कपिलवस्तुमा सन् २००९ मै यो कार्यक्रम संचालन गरिसकेको बताउँदै लकडाउन पछिको समय भने आफुहरुको अभियान नेपालका सातै प्रदेशमा संचालन भईरहेको जानकारी दिए । उनले यस्ता कार्यहरु राज्यस्तरबाटै हुनुपर्ने र राज्यको मुख्य दायित्व हुनुपर्ने पनि बताएका छन् ।

त्यस्तै बाल अपाङ्ग टेवा संस्थाका अभियान्ता नवराज कार्कीले ह्विल चियर वितरण गर्नु ठूलो कुरा नभएको भन्दै ह्विल चियर मैत्री संरचना बनाउनु महत्वपूर्ण हुने बताए । उनका अनुसार जब सम्म भौतिक संरचना अपाङ्ग मैत्री बन्दैनन् तब सम्म ह्विल चियर वितरण गरेर मात्र अपाङ्गहरुको दैनिकी सहज सक्दैन । उनले बुद्धभुमि नगरपालिकाका मेयर श्रेष्ठलाई समेत यस विषयमा अपाङ्ग मैत्री संचरना बनाउनुपर्नेमा जोड दिएका छन् । आफु नगरपालिकको प्रमूखको कार्यकक्षमा पुगेर भेट्न सक्ने अवस्था अहिले नभएको भन्दै कार्कीले ह्विल चियर भएर पनि अरुको सहायतामा हिड्नुपर्ने स्थितिको अन्त्य गर्न जरुरी रहेको पनि बताएका छन् ।

कार्यक्रम बाल अपाङ्ग टेवा संस्थाको आयोजना तथा बुद्धभुमि नगरपालिकाको सहयोग सहित सामाजिक अभियान्ता पुर्णचन्द्र परियारको संचालनमा सम्पन्न भएको हो । वर्षाै सम्म अपाङ्गता भएर पनि दुःखदायी जीवन विताइरहेका नागरिकहरु भने ह्विल चियर पाएपछि खुसी भएका थिए । सो कार्यक्रममा ३५ बढि अपाङ्गता भएकाहरुलाई निःशुल्क ह्विल चियर सहित डाइपर पनि वितरण गरिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu